काठमाडौं । नेकपा माओवादी अध्यक्ष प्रचण्डले बन्द सत्रमा पेश गर्नुभएको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह विभाजन गरिएको छ । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेसँगै सोको छलफलका लागि समूह विभाजन गरिएको हो ।
जसअनुसार जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको छ । जसको समन्वय नन्दकुमार थापाले गर्नुभएको छ ।
प्रदेशगत समूहमा प्रदेश नम्बर १ को दुई समूह विभाजन गरिएको छ । जसको समन्वयको जिम्मा हर्क नेम्वाङ रहनु भएको छ । प्रदेश नम्बर २ को गणेश साहलाई टोलीको समन्वय गर्ने जिम्मा दिइएको छ। प्रदेश दुईको पनि दुई समूह विभाजन गरिएको छ ।
लुम्बिनी प्रदेशको समूहको समन्वयमा चक्रपाणि खनाल हुनुहुन्छ । साथै गण्डकी प्रदेशको समन्वयको जिम्मा गायत्री गुरुङले पाउनुभएको छ । यस्तै प्रवास समितिमा लक्ष्मण पन्त, कर्णालीमा विमला केसीले समूहको समन्वय गर्ने जिम्मामा हुनुहुन्छ भने सो टोलीलाई पनि दुई–दुई समूहमा विभाजन गरिएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशको समूहको समन्वयको जिम्मा खगराज भट्टले पाउनु भएको छ । विभागको मायाप्रसाद शर्मा, सम्पर्क समन्वय प्रदेशको श्रीकृष्ण अधिकारी, वाग्मती प्रदेशको सरल सहयात्री, जबस मोर्चामा अमृता थापालाई समन्वयको जिम्मा तोकिएको छ ।
१) जेष्ठ कम्युनिस्ट मञ्च (प्रज्ञा भवन ) : एनके प्रसाईं
२)सल्लाहकार परिषद (प्रज्ञा भवन) : नन्दकुमार थापा
३)सल्लाहकार परिषद ( प्रज्ञा भवन)
४)प्रदेश १ क.( भानुभक्त हल प्रज्ञा) : हर्क नेम्वाङ
५)प्रदेश १ ख.(भानुभक्त हल प्रज्ञा) :
६)प्रदेश २ क.( पारिजात हल प्रज्ञा) : गणेश साह
७)प्रदेश २ ख.(पारिजात हल प्रज्ञा) :
८)लुम्बिनी क.(पुस्तकालय हल प्रज्ञा) : चक्रपाणि खनाल
९)लुम्बिनी ख.(पुस्तकालय हल प्रज्ञा)
१०)गण्डकी क.(पेरिसडाँडा ) : गायत्री गुरुङ
११)गण्डकी ख.(पेरिसडाँडा)
१२)प्रवास( पेरिसडांडा ) : लक्ष्मण पन्त
१३)कर्णाली क.(ए वान पार्टी प्यालेस ) : विमला केसी
१४)कर्णाली ख.(ए वान पार्टी प्यालेस )
१५)सुदुपश्चिम क(ए वान पार्टी प्यालेस) : खगराज भट्ट
१६)सुदुपश्चिम ख( ए वान पार्टी प्यालेस)
१७)विभाग क.(क्वालिटी ब्याङ्क्विट) : मायाप्रसाद शर्मा
१८)विभाग क.(क्वालिटी ब्याङ्क्विट)
१९)उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्विट) : जगत सिंखडा
२०)सम्पर्क समन्वय क. (क्रिष्टल पार्टी प्यालेस) : श्रीकृष्ण अधिकारी
२१)सम्पर्क समन्वय ख.(क्रिष्टल पार्टी प्यालेस
२२)वाग्मती क.(वानेश्वर ब्याङ्क्विट) : सरल सहयात्री
२३)वागमती ख.(वानेश्वर ब्याङ्क्विट)
२४) आयोग (काठमाडौं ब्याङ्क्विट) : विष्णु पुकार
२५)जवस,मोर्चा इन्चार्ज, कार्यालय,एकता (काठमाडौं ब्याङ्क्विट)