जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा शिवप्रसाद पौडेल निर्वाचित हुनुभएको छ ।
शुक्रबार (जुलाई ३०)मा भएको १० औं राष्ट्रिय महाधिवेशनबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति (२०२१-२३) चयन भएको हो । पौडेलले ३ हजार ३९ मत प्राप्त गर्नुभयो । अध्यक्ष पदका लागि ५ जना दाबेदार थिए । जसमा अनिता गुरुङ लामाले १ हजार ८६९, नरेन्द्रकुमार बस्नेत (दिनेश) ले १ हजार २४५, किरण बर्माले १ हजार २२८ र सरोजकुमार खत्रीले १९१ मत पाउनु भयो ।
यस्तै वरिष्ठ उपाध्यक्षमाा नविन निउरे निर्वाचित हुनुभयो । उहाँले ३ हजार ९९३ मत पाउनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी छत्रबहादुर दाहालले ३ हजार २०१ मात्र मत ल्याउनुभयो ।
४ उपाध्यक्ष पदमा महेशकुमार कटवाल (२०१२ मत), राम थापा (अनिल) (२७८० मत), राजकुमार अधिकारी (२६५९ मत) र रामकृष्ण श्रेष्ठ (२६४९) मतसहित निर्वाचित हुनुभयो । महिला उपाध्यक्षमा कालिका थापालाई पराजित गर्दै संगीता अधिकारी सुवेदी निर्वाचित हुनुभयो । सुवेदीले ३ हजार ८२२ र थापाले ३ हजार ४०१ मत पाउनुभएको थियो ।
महासचिवमा ३ हजार ७२२ मतसहित सिद्धार्थ श्रेष्ठ निर्वाचित हुनुभयो । उहाँका प्रतिद्वन्द्वी टीकाराम खरेलले ३ हजार ४८४ मत पाउनुभयो ।
कोषाध्यक्षमा कृष्ण गैरे शर्मा ३ हजार १६७ मतसहित विजयी बन्नुभयो । उहाँका प्रतिद्वन्द्वी कृष्णप्रसाद खनालले १ हजार ९१५ र सचिन श्रेष्ठले २ हजार १५३ मत पाउनुभयो । युवा संयोजकमा भने राकेश लामा निर्वाचित हुनुभयो ।
सदस्यहरुमा चन्द्रकुमारी केसी, प्रकाशन लामिछाने, राजु भण्डारी (सुनिल), लक्ष्मी केसी महर्जन, मोहन सिंह मडै, दिलीप कँडेल र भीमसेन राय (भीम रायमाझी) चयन हुनुभयो ।
अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा दिपक कार्की, सुपेन्द्र घिसिङ, नरबहादुर थापा, लक्षण बानियाँ, श्रवणकुमार सत्याल, रोविनप्रसाद शेरचन छानिएका निर्वाचन समितिले जनाएको छ ।