काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट आदिवासी जनजातितर्फ ४१ जना केन्द्रीय सदस्य चयन हुनुभएको छ ।
आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलितभित्र पनि विभिन्न क्लस्टरमा गरी ४१ जनाको नामावली प्रस्तुत गर्नुभएको हो ।
जनजाती पुरुष तर्फबाट ११ जना चयन हुनुभएको छ । नेकपा माओवादीको आठौं महाधिवेशनमा जनजाति पुरुषतर्फ अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर बुढामगर, जीतबहादुर योन्जन, दीपेन्द्रकुमार पुन, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलिप प्रजापति, छक्कबहादुर लामा चयन हुनुभएको हो ।
यस्तै जनजाति युवाबाट ४ जना निर्वाचित हुनु भएको छ । इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्तीमगर, नविन जिरेल पर्नुभएको छ ।
प्ष ११ बाट काठमाडौंमा सुरु भएको महाधिवेशनले जनजाति महिला तर्फबाट २२ जना चयन हुनुभएको छ ।
अमृता थापा, ओनसरी घर्ती, कमला रोक्का, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गा जयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खुम्बु किराँती, पी घर्ती, लक्ष्मी पुन, मिना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, लालकुमारी पुन, माया बल हुनुहुन्छ ।
जनजाति युवा महिलला तर्फबाट विना मगर, आर तामाङ, ममता ताजपुरिया, कमला दोङ गरी ४ जना चयन हुनुभएको हो ।