काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर बढ्न थालेसंगै सरकार बुस्टर डोजको तयारीमा लागि रहेको छ । काठमाडौंका विभिन्न १७ स्थानबाट सोमबार देखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज सुरु भईसकेको छ। यसअघि आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार तत्कालका लागि अग्रपंक्तिमा काम गर्ने नागरिकलाई बुस्टर मात्रा दिइने जनाएको छ। अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ। बुस्टर डोज लगाउन जादा खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ। माघ १४ गतेदेखि ६० वर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
काठमाडौंको १७ वटा खोप केन्द्रमा बुस्टर डोज लगाउँने व्यवस्था गरिएको छ । सशस्त्र प्रहरी बल अस्पताल बलम्बु,सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज,वीर अस्पताल,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली,निजामती अस्पताल नयाँबानेश्वरमा बुस्टर डोज प्रदान गर्ने व्यवस्था गरिएको छ ।
यस्तै एपेक्स पोलिक्लिनक जडिबुटी, काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु,, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलमा खोप केन्द्र तोकिएको छ