काठमाडौं । मधेस प्रदेशमा सुविधा सम्पन्न अस्पताल संचालनमा ल्याइने भएको छ । मधेस प्रदेशका नागरिक उपचारका लागि काठमाडौं आउनुपर्ने बाध्यकारी अवस्थालाई मध्यनजर गर्दै अस्पातल संचालनको तीव्र तयारी भइरहेको संचालक डा पंकज झाले जानकारी दिनुभयो । उहाँका अनुसार यही माघ अन्तिममा अस्पताल संचालनमा ल्याउने तयारी छ ।
काठमाडौंमा महँगो शुल्कमा नागरिक उपचार गर्दै आइरहेको र नेपाली भाषा सबै नागरिकले नबोल्ने हुँदा आफ्नो समस्या स्पष्ट रुपमा राख्नको लागि पनि जनकपुरमै जन्मेर डाक्टर बनेका व्यक्तिहरुले फेरि आफ्नै समुदायमा सेवा दिने सोचले अस्पताल संचालनमा ल्याउन लागिएको डा झाले बताउनुभयो ।
डा झासँग ५ वर्ष डाइलासिसको क्षेत्रमा काम गर्नुभएको अनुभव छ । ब्लड र मिर्गौलासम्बन्धी धेरै कुरा जान्ने अवसर प्राप्त भएपछि डाक्टर झाको टिमले अब आफ्नै प्रदेशका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ जनकपुरमा सभे लाईफ एण्ड रिसर्च सेन्टर अस्पताल संचालन गर्न लागेकव हो । मधेस प्रदेशमा पनि विशेषत: आफूले जानेको स्वास्थ्य सेवा नागरिकलाई प्रदान गर्न अस्पताल संचालनमा ल्याएको उहाँ बताउनुहुन्छ ।
मधेस प्रदेश होस या अन्य प्रदेश नै किन नहोस् देशभरका नागरिक उपचारको लागि काठमाडौं केन्द्रित छन् । तर स्थानीय भाषाको कारणले गर्दा मधेस प्रदेशका नागरिकले नेपाली भाषाबाट आफ्नो स्वास्थ्य समस्या भन्न नसक्ने र तराईको मातृभाषा सबै स्वास्थ्यकर्मीलाई नआउने हुँदा भाषाको कारण पनि सोचे अनुसारको स्वास्थ्य सेवा नागरिकले नपाएको डाक्टर झाको बुझाइ छ । त्यहाँका नागरिकले मैथिली, भोजपुरी त कोही ठेट मैथिली र ठेट भोजपुरी भाषा मधेस प्रदेशमा बोल्ने गरिन्छ । आफू पनि सोही समुदायको भएकोले सेभ लाईफ अस्पताल संचालनमा आएपछि तराईका नागरिकले आफ्नो समस्या आफ्नै भाषाबाट व्यक्त गर्दै उपचार पाउनेमा अस्पातल टिम विश्वस्त देखिन्छ ।
रोगलाई नियन्त्रण गर्नको लागि भाषा ठूलो रोग भएकोले सोही ठाउँमा अस्पताल संचालन गर्न सके प्रदेश सरकार र प्रदेशको नागरिकलाई फाइदा हुने डा झाको विश्वास छ । अस्पतालले किड्नीलाई विशेष प्राथमिकतामा राख्दै सबै प्रकारका सेवा र सुविधा प्रदान गरिने छ ।
५० शय्याको तयारी, सुविधा के के ?
अस्पताल २५ वेडबाट सुरु गर्ने तयारी थियो । तर कोरोना भाइरस संक्रमणले थप वेड अवाश्यक पर्ने हुँदा ५० वेडको पहल भइरहेको डा झा बताउनुहुन्छ । उहाँका अनुसार अस्पतालका उपकरण जर्मन, कोरिया, मलेसियालगायत देशहरुबाट ल्याइने छ । उपकरण ल्याउने देशका चिकित्सकहरुले पनि जनकपुरमा आएर जानकारी गराउने प्रतिबद्धता जनाएका छन् । जनरलमा प्रसूति, हार्डजोर्नीदेखि सबै किसिमका सेवाहरु नागरिकलाई प्रदान गरिने छ ।
अस्पताल जनकपुर वार्ड नम्बर ८ पग्ला बाबा धर्मशालासँगै रहेको पेटिया रोड जानेबाट अस्पताल रहेको छ । ६ देखि ७ करोड लगानीमा अस्पताल बनेको संचालक डाक्टर झा बताउनुहुन्छ । नागरिकको अवस्थालाई बुझ्दै सकेसम्म सर्वसुलभ शुल्कमा सेवा दिने तयारीमा अस्पताल लागेको छ । एक महिना एउटा विज्ञ विदेशी डा. ल्याएर सेवा प्रदान गर्ने तरिकाले अस्पताल टिम लागेको छ । टिममा १० जना नेपाली चिकित्सक राखिएको छ ।
मधेस प्रदेशमा डाक्टरको ठाउँमा सिएलाई देखाउने अनि एचएको ठाउँमा सिएलाई स्वास्थ्य देखाउने तराईको समस्या छ । मधेस प्रदेशका छिमेकी जिल्लाहरुको पनि अवस्था यस्तो पाएका छौं । अस्पताल संचालनपछि आफ्नो समस्या आफ्नै भाषामा डाक्टरलाई भन्न र देखाउन सकिन्छ, यसले गर्दा नागरिकलाई सहज हुने देखिन्छ ।