काठमाडौं । १० दिनको अन्तरालमा नेपालमा कोरोना भाइरस संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ भने ८८ हजार १७ संक्रमित बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको माघ १ देखि १० गतेसम्मको विवरणअनुसार उक्त संख्यामा मृत्यु र संक्रमित भएका हुन् ।
२४ घण्टाको तथ्यांकअनुसार सबभन्दा बढी मृत्यु भएको माघ ८ गते १६ जना रहेको छ । त्यस्तै माघ ६ गते २७ हजार ४९७ परीक्षण हुँदा एकै दिन सबभन्दा बढी १२ हजार ३३८ जनामा कोरोना पुष्टि भएको थियो ।
नेपालमा हालसम्म पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १० लाख ३३ हजार ६२६ संक्रमित पुगेका छन् । निको हुने संख्या ८ लाख २४ हजार २३९ रहेको छ भने कुल मृत्यु ११ हजार ६५९ मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
माघ १०
संक्रमित : १० हजार ३१९
परीक्षण : २१ हजार २०१
मृत्यु : ४
माघ ९
संक्रमित : ६ हजार ४६२
परीक्षण : १७ हजार ४३७
मृत्यु : ४
माघ ८
संक्रमित : १० हजार २५४
परीक्षण : २० हजार १८७
मृत्यु : १६
माघ ७
संक्रमित : १० हजार ७०३
परीक्षण : २३ हजार ९२
मृत्यु : ३
माघ ६
संक्रमित : १२ हजार ३३८
परीक्षण : २७ हजार ४९७
मृत्यु : ४
माघ ५
संक्रमित : ११ हजार ३५२
परीक्षण : २३ हजार ४०९
मृत्यु : ४
माघ ४
संक्रमित : १० हजार २५८
परीक्षण : २२ हजार ८२८
मृत्यु : १
माघ ३
संक्रमित : ६ हजार ७३४
परीक्षण : १७ हजार ४६५
मृत्यु : ३
माघ २
संक्रमित : ४ हजार ९६१
परीक्षण : १५ हजार १३१
मृत्यु : ३
माघ १
संक्रमित : ४ हजार ६३६
परीक्षण : २४ हजार ५५६
मृत्यु : ४