काठमाडौं । नोबेल मेडिकल र केएमसीलगायत मेडिकल कलेजहरुमा चलिरहेको विद्यार्थी आन्दोलनमा नागरिक समाज, अभिभावकलगायतको ऐक्यबद्धताका निम्ति विद्यार्थी संगठनले अपील गरेको छ ।
संयुक्त विद्यार्थी संगठनले मंगलबार जारी विज्ञप्तिमा देशभरका मेडिकल विद्यार्थी, अभिभावक, पत्रकार नागरिक समाजलगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागि अपिल गरेको हो । नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन वैद्य निकट अखिल (क्रान्तिकारी)का हरिकृष्ण गजुरेल, विप्लवनिकट विद्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, अखिल छैठौंका देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा कलेज प्रशासनको दुर्ववहार र दमनको निन्दा गर्दै घाइते विद्यार्थीहरुको स्वास्थ्यलाभको कामना गरिएको छ । काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा अतिरिक्त शुल्कविरुद्ध चलेको आन्दोलनमा विद्यार्थी र कलेज प्रशासनबीच समझदारी कायम हुन नसक्दा आन्दोलन थप मुठभेडतर्फ अघि बढेको थियो ।
लामो समयसम्म विद्यार्थीका मागहरु सम्बोधन गर्न कलेज प्रशासन तयार नभएको भन्दै संयुक्त विद्यार्थी संगठनले मागपत्र टाँसेर केएमसी प्रशासनमा दुई दिनअघि ताला लगाएको छ । माग पूरा गर्नेतर्फ उदासिनता देखिएको भन्दै सोमबार विद्यार्थीहरुबाट नोबेल प्रशासनविरुद्ध गरेको सिटी जुलुसमा कलेज प्रशासनको हस्तक्षेप हुँदा विद्यार्थी नेताहरु ताजिम अन्सारी, दिपेन्द्र मेहता टेकेन क्षेत्री, उमेश सेन्चुरी, सोयब अन्सारी, शहिल झासहित १ दर्जनभन्दा बढी विद्यार्थी घइते भएका छन् ।
शान्तिपूर्ण कार्यक्रममा दमन गरेकोप्रति आक्रोशित न्विद्यार्थी संगठनले इँट्टाको जवाफ पत्थरले दिने भन्दै समस्या समाधानमा पहल नगरे थप कडा संघर्षमा उत्रने चेतावनी पनि दिएको छ ।
आन्दोलनमा ऐक्यबद्धता र सहभागिताका निम्ति नागरिक समाज र अभिभावकलाई विद्यार्थीको अपिल