काठमाडौं । सरकारले राष्ट्रिय जनगणना २०७८ कार्तिक २५ देखि मंसिर ९ गते सम्म संकलन गरिएको भएको थियो । तथ्यांक विभागले संकलन गरेको नतिजा दुई महिनामा सार्वजनिक गरेको छ ।
बुधबार सार्वजनिक गरेको तथ्यांकका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो । विभागको नयाँ तथ्यांकमा पछिल्लो १० वर्षमा सबै भन्दा धेरै तराईको जनसंख्या बढेको देखिएको छ ।
बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार भौगोलिक क्षेत्र अनुसार तराईमा २३ लाख ४७ हजार १२३ ले जनसंख्या वृद्धि भएको देखिन्छ।
२०६८ मा तराईमा १ करोड ३३ लाख १८ हजार ७०५ जनसंख्या थियो भने तराईमा हाल जनसंख्या १ करोड ५६ लाख ६५ हजार ८२८ पुगेको छ।
विभागका अनुसार १० वर्षअघि तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत थियो। अहिले सो संख्या बढेर ५३.६६ प्रतिशत पुगेको हो। तराईमा २३ लाख ४७ हजार १२३ ले जनसंख्या वृद्धि भएको देखिन्छ ।
यस्तै, २०६८ सालमा हिमाली क्षेत्रको जनसंख्या १७ लाख ८१ हजार ७९२ थियो। हाल जनसंख्या घटेर १७ लाख ७८ हजार १०४ पुगेको हो। हिमाली क्षेत्रमा १० वर्षअघि कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा अहिले ६.०९ प्रतिशतमा झरेको विभागको तथ्यांकमा उल्लेख छ ।
पहाडी क्षेत्रमा १० वर्षअघि १ करोड १३ लाख ९४ हजार ७ अर्थात ४३.०१ प्रतिशत जनसंख्या थियो। अहिले सो जनसंख्या १ करोड १७ लाख ४८ हजार ५४८ पुगेको उल्लेख छ ।
विभागका अनुसार सो जनसंख्या पहिले ४३.०१ प्रतिशत रहेकोमा ४०.२५ प्रतिशतमा झरेको हो। जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार विदेशिने महिलाहरूको संख्या ७१ प्रतिशतले वृद्धि भएको छ।
अहिले कुल २१ लाख ६९ हजार ४७८ व्यक्तिहरू विदेशमा बसोबास गर्दै आएको तथ्यांकले देखाएको छ। जसमध्ये १७ लाख ६३ हजार ३१५ पुरूष र ४ लाख ६ हजार १०३ महिला विदेशमा बसोबास गर्दै आएका छन्। गएको १० वर्ष अघिको तुलनामा विदेशिने महिलाहरूको संख्या बढेको देखिन्छ ।
विभागका अनुसार अहिले विदेशिने महिलाहरूको संख्या ७१.०९ प्रतिशतले बढेको हो। जसमध्ये त्यो भनेको ८१।२८ प्रतिशत पुरूष र १८।७२ प्रतिशत महिला विदेशमा रहेका छन्।
१० वर्ष अघिको तथ्यांकलाई हेर्ने हो भने जम्मा विदेशिनेको संख्या १९ लाख २१ हजार ४९४ जना थियो। जसमध्ये पुरूष १६ लाख ८४ हजार २९ जना पुरूष र महिला २ लाख ३७ हजार ४०० जना हो । त्यतिबेला विदेशिने पुरूषको संख्या ८७.६४ प्रतिशत थियो भने महिलाहरूको जम्मा १२.३६ प्रतिशत मात्रै थियो। त्यसअनुसार अहिले महिलाहरू विदेशिने दर बढेको छ।
नेपालको भूगोल अनुसार विदेशमा रहनेमा तराईका १० लाख ६५ हजार ९६९, पहाडका ९ लाख ८४ हजार ८९६ हजार र हिमालका १ लाख १८ हजार ६१३ व्यक्तिहरू देखिन्छन् ।