काठमाडौं । नेपालमा खोप अभियान सुरु भएको एक वर्ष पुरा भएको छ । खोप अभियान एक वर्ष पुगेको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
मन्त्रालयले शुक्रबार एक पत्रजारी गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मीहरु तथा कमंचारीहरूसहित संलग्न सैलाई धन्यवाद ज्ञापन गर्नुभएको हो ।
ुखोप तथा खोपजन्य सामाग्रीको विश्वव्यापी चुनौतीकाबिच खोप अभियानलाई सुचारु गर्न केन्द्र, प्रदेश, स्थानीय तहहरुको सहयोग र सहजीकरण गर्नु हुने सम्पूर्ण राप्ट्रिय, अन्तर्राष्ट्रिय संघ, संस्था, निकायहरू, जनप्रतर्तानधिहरू, खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मीहरु तथा कमंचारीहरू, आमसन्तार माध्यमहरू, आमसर्वसाधारणहरु सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। मन्त्री खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
१८ वर्ष माथिका ७० प्रतिशतले पूर्ण मात्रा र ८३ प्रतिशत नागरिकले एक मात्रा खोप लगाएको सरकारको दावि छ ।
नेपाल सरकारले एक वर्ष अगाड़ि माघ १४ गते आजकै दिनवाट पहिलो पटक अग्रपक्तिमा रहेर काम गर्नेहरूका लागि कोभिड १९ विरुद्धको खोप अभियान शुभारम्भ गरेकां थियो। एक वर्षमा नेपालमा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन, मोडर्ना, फाइजर खोपहरू प्रयोगमा आएका छन्।