काठमाडौं । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। शुक्रबार भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो। सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति सदस्यमा नाम प्रस्ताव गर्नुभएको थियो भने बैठकले नाम अनुमोदन गरेको हो।
सभापति देउवासहित पदाधिकारी कार्यसम्पादन समितिमा पदेन सदस्य हुन्छन्। उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार पनि पदेन सदस्यमा हुनुहुन्छ ।
कांग्रेस विधानअनुसार ४५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्न सकिने व्यवस्था छ। प्रधानमन्त्री तथा सभापति देउवाले १४ औं महाधिवेशनमा आफूलाई सहयोग गरेका र शीर्ष नेताहरूलाई समेटेर कार्यसम्पादन समिति गठन गर्नुभएको हो । ।
कार्यसम्पादन समितिमा नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, सुनिलबहादुर थापा , शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्द ढुंगाना कार्यसम्पादन समिति सदस्यमा हुनुहुन्छ ।