काठमाडौं । श्री गोर्खा कृषि सहकारी आइतबारदेखि संचालनमा आएको छ । उक्त सहकारीको आइतबार एक कार्यक्रमबीच वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले शुभारम्भ गर्नुभएको । उपसभामुख तामाङले सफलताको शुभकामना दिनुहुँदै सहकारीबीचको प्रतिस्पर्धाबाट आफ्नो छुट्टै पहिचान बनाउन गोर्खा कृषि सहकारी सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
गोर्खा कृषि सहकारीमा २५ जना सेयर होल्डरहरुको ५० लाख लगानीमा संचालनमा ल्याइएको हो । सहकारीमा ९ जनाको कार्यसमिति रहेको छ । सहकारीको अध्यक्षमा ईश्वर तामाङ, उपाध्यक्षमा सन्चवीर तामाङ, कोषाध्यक्षमा रोशनकुमार तामाङ, सचिवमा रिना खड्गे रहनु भएको छ ।
यस्तै सदस्यहरुमा इन्द्रमाया तामाङ, संजिता तामाङ, कुलमान तामाङ, बलबहादुर तामाङ र सुमन तितुङ हुनुहुन्छ । कार्यक्रममा शेरबहादुर तामाङ, पूर्ण थिङ तामाङ, साजन थिङ तामाङ, अमृत तामाङ, सुरज तामाङ, डिलबहादुर तामाङ, समिर तामाङ, सकिना दाहाल, सुरज तामाङ, वीरबहादुर तामाङ, आशीष तामाङलगायतको उपस्थिति थियो ।