लन्डन साउन २३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्षमा प्रेम गाहामगर निर्वाचित भएका छन् ।
निर्वाचन समितिले शुक्रबार राति पत्रकार सम्मेलन गरी निर्वाचन परिणाम घोषणा गरेको हो । पहिलोपटक भएको अनलाइन मतदानमा उनले अध्यक्षका अरु दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई पराजित गरेर गाहामगर विजयी बनेका हुन् ।
उपाध्यक्षमा सुनिलबाबु खड्का ४,१६९, गोविन्द खरेल ३,६६५ मतसहित विजयी भए । उनीहरुका प्रतिद्वन्द्वी पवन शर्मा २,३६४, तेजेन्द्र रोका १,४३५ र अमन गौचन ९,२५ मत प्राप्त गरे ।
महासचिवमा खुशी लिम्बू ३,७४७ मतसहित विजयी भए ।
हेरौं विस्तृत विवरण
अध्यक्ष
प्रेम गाहामगर -४,५७४ (विजयी)
दीपक श्रेष्ठ २,१९१
रोजिना प्रधान २,१४८
उपाध्यक्ष
सुनिलबाबु खड्का ४,१६९ (विजयी)
गोविन्द खरेल ३,६६५ (विजयी)
पवन शर्मा २,३६४
तेजेन्द्र रोका १,४३५
अमन गौचन ९,२५
महिला उपाध्यक्ष
शकुन्तला गुरुङ ३,७४३ (विजयी)
सरस्वती केसी २,१५२
प्रसुना कंडेल २,४६९
नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष
नारायण कँडेल ४, ४९५ (विजयी)
नारायण कुँवर २,७४८
एनसीसी उपाध्यक्षमा स्कटल्यान्डबाट
मोहन कार्की ४,५९५ (विजयी)
छबिलाल अर्याल २,९९
महासचिवमा
खुशी लिम्बू ३,७४७ (विजयी)
जीत रानाभाट २,६३९
डा मुकुन्द बाँस्तोला २,३२५
सचिवमा
विष्णु चालिसे (विजयी)
ज्ञानेन्द्र आले (विजयी)
महिला सचिवमा
नम्रता घले गुरुङ (विजयी)
कोषाध्यक्षमा
विष्णु खरेल (विजयी)
सहकोषाध्यक्षमा
शशांक शर्मा (विजयी)
युवा संयोजकमा
तीर्थबहादुर (अनिल) मल्ल (विजयी)
महिला संयोजक
विमला लिम्बू (विजयी)
कार्यसमिति सदस्यमा
उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल (विजयी)
एनआरएनए इंग्ल्यान्ड राज्य परिषद् अध्यक्षमा
एलबीजेड गुरुङ ३,६२३ (विजयी)
मीन रानाभाट ३,१४१
इंग्ल्यान्ड राज्य परिषद् स्कटल्यान्ड अध्यक्षमा
काशीराम भण्डारी (विजयी)
इंग्ल्यान्ड राज्य परिषद् उपाध्यक्षमा
भक्त दर्जी
सचिवमा रामप्रसाद पन्थी
कोषाध्यक्षमा
सचिन भट्टराई
स्कटल्यान्ड राज्य परिषद् अध्यक्षमा
काशीराम भण्डारी ५२२ (विजयी)
दिवाकर पाण्डे २५०
स्कटल्यान्ड परिषदको उपाध्यक्षमा
उज्वल कार्की
सचिवमा
मनिष खत्री
सहसचिवमा
यशोदा सुमी भण्डारी
कोषाध्यक्षमा
शर्मिला भण्डारी
सहकोषाध्यक्षमा
प्रजापति शर्मा
सदस्यमा
बलिभद्र अमै, कमला श्रेष्ठ, कृष्ण देवकोटा र टिकाराम खराल
वेल्स र नर्दन आयरल्यान्डमा यसअघि नै निर्विरोध भएको थियो ।
को हुन् नवनिर्वाचित अध्यक्ष गाहामगर
संघमा आर्थिक पारदर्शीता र गोर्खा मुद्दालाई प्राथमिकता दिएका गाहामगर नेपालमा राष्ट्रिय बक्सिङ खेलाडी थिए । गाहामगरले सन् १९९६ मा ब्रिटिस गोर्खामा प्रवेश गरेका थिए । त्यसलगत्तै सन् १९९७ मा उनले ब्रिटिस सेनाको तर्फबाट विभिन्न मुलुकमा भएका बक्सिङ प्रतियोगितामा भाग लिएका थिए ।
सामाजिक सेवामा सधैं दत्तचित्त गाहा मगर एनआरएनए यूकेमा दुई पटक उपाध्यक्ष भएका थिए । पहिलो पटक उपाध्यक्ष हुँदा (२०१७-१९) उनले बक्सिङ शो सहित च्यारिटी डिनर, नेपालका अपांग दाजुभाई दिदी बहिनीहरुको सहयोगार्थ कार्यक्रम तथा भ्वाइस अफ नेपाल कन्सर्ट सफलतापूर्वक सम्पन्न गरे ।
गत वर्ष कोरोना संक्रमणबाट भूतपूर्व गोर्खा परिवारलाई जोगाउन उनले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री समेत नि:शुल्क वितरण गरेका थिए ।