काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारदेखि देशभर साताव्यापी ‘नेपाल मास्क अभियान’ सुरु गरेको छ ।
मन्त्रालयले बिहीबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भिडियो क्लिक गरेर अभियानको सुरुआत गर्नुभएको हो । कार्यक्रम अनलाइन जुम कार्यक्रममार्फत पनि प्रशासन गरिएको थियो ।
अभियान साउन २३ अर्थात् आजदेखि २९ गतेसम्म चल्नेछ ।
‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलना राका साथ मन्त्रालयले अभियान सुरु गरेको हो । नागरिकले जनस्वाथ्यको मापदण्ड पूर्ण रुपमा पालना नगर्दा कोरोना संक्रमणको संख्या बढेको हुँदा नियन्त्रणको लागि मास्क अभियान थालिएको मन्त्रालयको भनाइ छ ।
यस पटकको मास्क अभियानले मास्कको जनचेतनामात्रै नभएर मास्क लगाई नागरिकको व्यवहारमा परिवर्तन आउने सरकारको विश्वास छ । अभियामा स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराइने छ ।
महामारी नियन्त्रणमा खोप जतिकै मास्क, सेनिटाइजरको पनि महत्वपूर्ण भूमिका भएको मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव रोशन पोखरेल, प्रमुख विशेषज्ञ दिपेन्द्ररमण सिंह, स्वास्थ्य मन्त्रालय मातहतका महानिर्देशक, शाखा प्रमुख लगायतको उपस्थिति थियो । पछिल्लो समय नेपालमा पुन: कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको छ । जसकारण सरकारले सचेतनाका कार्यक्रमहरुलाई अगाडि बढाएको छ भने निधेषाज्ञाको अवधि बढाउँदै लगेको छ । यद्यपि नागरिकस्तरबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा हेलचेक्र्याइँ देखिएको छ ।