काठमाडौं । ‘स्पर्श मह’ उत्पादकको अखाद्य बिस्कुट उत्पादन एवं बिक्रि वितरण गर्ने कम्पनी सिल गरिएको छ । गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले अखाद्य सामाग्री उत्पादन एवं बिक्रि गर्ने कम्पनी सिल गर्नुका साथै कम्पनीका नर बहादुर श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।
ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठी, ओखटमा रहेको ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रा.लि.’ र ‘श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रा.लि.’ का नाममा खाद्य तथा गुण नियन्त्रण बिभागबाट अनुमति समेत नलिई कानुन विपरित काम गरेको महाशाखाले जनाएको छ ।
सो दुई कम्पनीले विगत ३ वर्ष देखि म्याद नाघेका र बजारमा बिक्रि बितरण नभएका फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका पाउरोटीहरुलाई पुनः धुलो बनाई कुकिज टोष्ट तथा अन्य बिस्कुटहरु बनाई बजारमा बिक्रिबितरण गर्दै महाशाखाले जनाएको छ ।
खाद्य सामाग्री सम्बन्धीत निकायको रोहवरमा नष्ट गरिएको छ । प्रहरीले श्रेष्ठ संग थप अनुसन्धान गरिरहेको जनाएको छ । ।
दुई कम्पनीले ३ बर्ष पुरानो म्याद नाघेका कुकिजहरुबाट पुनः बटर चकलेट, काजु कुकिज बनाई विक्रि वितरण गर्दै आएको,अत्यधिक सडेगलेका पाउरोटीहरुलाई सुकाएर पुनः कुकिज बिस्कुटहरु बनाई बेच्ने गरेको खुलेको छ ।
साथै म्याद नाघेका पाउरोटीलाई पुनः धुलो बनाई बजारमा क्रन्चि तथा चिकेन रोष्ट बनाउन प्रयोगमा ल्याएको पनि बुझिएको छ ।
नष्ट गरिएका अखाद्य सामाग्रीहरुः
भेनेगर ५४ कार्टुन, चिनी ३० कार्टुन, क्रसर पाउडर ७ कार्टुन, सुप १० कार्टुन, अजिना मोटो ३८५ बोरा, बेकिङ पाउडर ९५ कार्टुन, कोका ३ कार्टुन, ईष्ट ४५ कार्टुन, सोसा सस ६ कार्टुन, चिउरा ३८ वोरा, चकलेट पाउडर ४० बोरा, Tempor २० कार्टुन, Acetic Acid ७ ड्रम, Crofter पाउडर ७ कार्टुन लगाएतका सामग्रीहरू रहेका छन् ।