काठमाडौं । नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशनअन्तर्गत सोमबार बिहान करिब १० बजेदेखि बन्दसत्र सुरु भएको छ । बिहान ७ बजेलाई तय गरिएको बन्दसत्र ढिला गरी सुरु भएको तामाङ घेदुङले जनाएको छ । बन्दसत्रमा महासचिव र कोषाध्यक्षले पेस गर्नुभएको प्रतिवेदन उपर सामूहिक छलफल भइरहेको छ ।
..........
तामाङ घेदुङको नवौं महाधिवेशन : निर्धारित समयभन्दा ३ घण्टा ढिला बन्दसत्र सुरु
काठमाडौं । नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशनअन्तर्गत सोमबार बिहान करिब १० बजेदेखि बन्दसत्र सुरु भएको छ । बिहान ७ बजेलाई तय गरिएको बन्दसत्र ढिला गरी सुरु भएको तामाङ घेदुङले जनाएको छ । अत्यक्ष पदका दाबेदार काजीमान थिङ तामाङका अनुसार महासचिव महितकुमार तामाङले सांगठनिक प्रतिवेदन प्रस्तुत गरिरहनु भएको छ ।
आइतबार उद्घाटन गरिएको घेदुङको महाधिवेशनमा सोहीदिन ८ बजेदेखि बन्द सत्र हुने भनिएको थियो । तर, प्रतिनिधि, पर्यवेक्षकलाई कार्ड वितरणको ढिलाईका कारण सोमबार बिहान ८ बजेका लागि सारिएको थियो । जारी बन्दसत्रमा महासचिव तामाङले नै विधान प्रतिवेदन प्रस्तुत गर्ने र कोषाध्यक्ष रुपबहादुर योञ्जनले आर्थिक प्रतिवेदन पेश गर्नुहुनेछ ।
बन्दसत्रमा सवा ८ सयभन्दा बढी प्रतिनिधि, पर्यवेक्षक सहभागी छन् ।
बन्दसत्र सञ्चालनका लागि चार सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ भने ३ सदस्यीय निर्वाचन समिति पनि गठन गरिएको छ ।
अध्यक्ष मण्डल
- अध्यक्ष : कुमार योञ्जन तामाङ
- सदस्य : महेन्द्रजंग तामाङ
- सदस्य : धनप्रसाद तामाङ
- सदस्य : शान्ति पाख्रिन
निर्वाचन समिति :
- कुन्साङ योञ्जन
- सोमबहादुर घले तामाङ
- शम्भू गोले
हलमा प्रस्तुत प्रतिवेदनहरु पारित गरेर आजै नेतृत्व चयन प्रक्रिया थालनी हुने सचिव सञ्चु ब्लोन तामाङले बताउनुभयो । घेदुङले १९ सदस्यीय पदाधिकारी चयनसहित संघीय समिति चयन गर्नेछ । घेदुङको महाधिवेशन भव्य समारोहबीच आइतबार काठमाडौंमा उद्घाटन गरिएको हो । कार्यक्रममा विभिन्न दलका नेताहरु, मन्त्री, सामाजिक व्यक्तित्वहरु लगायतको उपस्थिति थियो ।