घलेभञ्ज्याङ । नुवाकोट पञ्चकन्याका ब्लड क्यान्सरपीडित दिपेश तामाङको उपचार लागि सहयोग उठ्नेक्रम जारी रहेको परिवारजनले जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएपछि सामाजिक सञ्जालमार्फत साढे दुई महिनादेखि सहयोग उठाउन थालिएको हो । हालसम्म देशविदेशबाट गरी करिब ३ लाख ६० रुपैयाँ सहयोग उठेको बिरामीका बुबा रुपक तामाङले जानकारी दिनुभयो । उहाँले दिपेको उपचार जारी रहेको र खर्च निकै अपुग रहेकोले सकेको सहयोग गरिदिनुहुन अनुरोध पनि गर्नुभएको छ ।
केही वर्ष खाडी मुलुकमा नोकरी गरेर बिदामा फर्किनुभएका बिरामीका बुबा रुपक (सन्तोष) छोराको उपचारकै कारण कमाउन जान सक्नु भएको छैन । आम्दानीको स्रोत ठप्प हुनु र खर्च दिनदिनै बढ्नुले समस्यामा रहेको उहाँले दुखेसो गर्नुभयो ।
अहिलेसम्म विदेशस्थित अष्ट्रेलिया, दुबई, यूएई, साउदी, मलेसिया, बेलायत ओमान र नेपालका नुवाकोट लगायत विभिन्न जिल्लाका आफन्तजनहरुबाट सहयोग भएको रुपक तामाङले जानकारुी दिनुभयो ।
नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका ३ घलेगाउँका १४ वर्षीय बालक दिपेश तामाङ (अस्बिन) लाई २०७८ साउन/भदौतिर दाँतबाट रगत आउनेलगायतका लक्षण देखिएको थियो । दाँतबाट रगत आउने क्रम नरोकिएपछि सरुमा वीर अस्पतालमा चेकअप गरिएको थियो । त्यस दिपेशलाई ब्लड क्यान्सर भएको थाहा पाएको हो । सुरुमा वीर अस्पताल, टिचिङ अस्पतालबाट उपचार थालिएका दिपेशलाई अहिले कान्ति बाल अस्पतालमा उपचार गराइरहेको छ ।
चिकित्सकका अनुसार दिपेश (अस्बिन) लाई कडा खालको क्यान्सर भएको छ । अहिलेसम्म ४ पटक किमो (औषधि) चढाइएको उहाँका बुबा सन्तोष तामाङले बताउनुभयो । अब मेन्टिनेन्सको चरणमा उपचार गर्नुपर्ने छ । तर दिपेशको शरीरमा इनर्जी उत्पादन कम भएकोले त्यो चरणको उपचार सुरु हुन सकेको छैन ।
सानैदेखि सरल र राम्रो पढाइ गर्दै आउनुभएका बिरामी दिपेश तामाङले कक्षा ६ मा काठमाडौंमा पढ्दै हुनुहुन्थ्यो । क्यान्सरको उपचारपछि पढाई छुटेको छ ।
सहयोग गर्न चाहने महानुभावले
नाम : दिपेश तामाङ
बैंकको नाम : सिटिजन्स बैंक लिमिटेड, सामाखुसी शाखा
खाता नं : ०३८०१०००००३०६०४५
फोन नं : ९८१८७५६९५१ [बिरामीको बुबा रुपक तामाङ]