चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को चितवनमा जारी सातौं संघीय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । महाधिवेशनले अध्यक्ष, महासचिवलगायतका पदहरु निर्विरोध चयन गरे तापनि केही उपाध्यक्ष, सचिवलगायतका पदहरुमा मतदानमार्फत नयाँ नेतृत्व चयन गरिएको हो । अध्यक्षमा गजुरधन राई निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल टेलिभिजनमा कार्यरत राई यसअघि फोनिजको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ भने खुल्ला उपाध्यक्षमा अमरध्वज लामा एकसय दस मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी मिरा राजभण्डारी अमात्यले २७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जानकारी दिएको छ । यसैगरी संस्थागत उपाध्यक्षमा जगत दोङ, महिला उपाध्यक्षमा सरु राना, अल्पसंख्यक उपाध्यक्षमा कमन देवान निर्वाचित हुनुभएको छ ।
महासचिवमा मिलन लिम्बू निर्विरोध हुनुभएको छ भने सचिवहरुमा बुद्धबीर राई, समिर बलामी, विश्वराज तामाङ, अन्जना शिल्पकार मतदानबाट निर्वाचित हुनुभएको छ । त्यस्तै संस्थागत सचिवमा छेटु शेर्पा, अल्पसंख्यक सचिवमा यमन दनुवार, कोषाध्यक्षमा चित्रबहादुर गुरुङ, सहकोषाध्यक्षमा सञ्चु ब्लोन तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ ।
केन्द्रीय सदस्यहरुमा भक्तसेर लिम्बु, निरज पिठाकोटे, पेमा लामा, यमबहादुर गाहा, बुद्धिमान पुन मगर, भिमबहादुर चौधरी, देवेन्द्र खापुङ, निम्लेकी शेर्पा, सुनिल महर्जन, सन्तकुमार चौधरी, चित्रबहादुुर गुरुङ, नेत्र तामाङ, प्रकाश राई निर्वाचित हुनुभएको छ ।
त्यस्तै, हर्कबहादुर घर्ती, बुद्ध योन्जन, लोकेश लिवाङ, गजेन्द्र राई, कमलसिं थारु मतदानबाट निर्वाचित हुनुभएको छ भने सुनिता महर्जन, स्मृति रोका मगर, रचना श्रेष्ठ, सुजता लिम्बु, मन्जु श्रेष्ठ, बिना राई, रोषणी कुँवर, उद्धव चेपाङ, विदुर खवास निर्विरोध निर्वाचित हुनुभएको छ ।