काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.७९ अङ्कले ओरालो लागेर दुई हजार ३८५.०१ मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७६ अङ्कले ओरालो लागेर ४४९.१२ मा ओर्लेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत ओरालो लागेको छ ।
कूल २३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर रु एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ बराबरको कारोबार भयो । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण ३३ खर्ब ८३ अर्ब २१ करोड ८६ लाख ८० हजार बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज होटल तथा पर्यटन ३.१४ अङ्कले उकालो लागेको छ ।
बैंकिङ १२.९४, व्यापार ४०.७८, विकास बैंक ७१.५७, जलविद्युत् ५२.९२, वित्त ४५.०५, निर्जीवन बीमा २३५.१२, उत्पादन ९९.७, अन्य ४८, लघुवित्त ५१.३७, जीवन बीमा २१४.२३, सामूहिक लगानी ०.१९ र लगानी १.६२ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा हिमालयन डिस्ट्रिलरी शीर्ष स्थानमा छ ।
सो कम्पनीको पाँच करोड ७५ एक हजार ५५० बराबरको कारोबार भयो । नबिल बैंक चार करोड ३४ लाख आठ हजार ४६३, शिवम् सिमेन्ट तीन करोड ८८ लाख ३० हजार ५६१, नेपाल पूर्वाधार बैंक तीन करोड ७० लाख ९३ हजार ४५५ र अरुण भ्याली हाइड्रोपावर तीन करोड ४६ दुई हजार ४६९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार नेस्डो समृद्धि लघुवित्त १०, एनआइसी एशिया सेलेक्ट फण्ड ३.५३, प्राइम बैंकको ऋणपत्र २, नेपाल इन्भेस्टमेन्ट बैंक २ र मञ्जुश्री फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए ।
यस्तै, इमर्जिङ नेपाल ६.५९, न्यादी हाइड्रोपावर ६.०७, घलेम्दी हाइड्रो ५.९०, राष्ट्र उत्थान लघुवित्त ५.३६ र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले ५.३४ प्रतिशतले गुमाए ।