नुवाकोट । सत्तारुढ नेकपा (माओवादी केन्द्र) पञ्चकन्याका ५ वटै वडा कमिटीहरुमा नयाँ नेतृत्व चयन भएका छन् ।
साउन २४ देखि २८ सम्म भएको भेलाबाट पाँचै वडाको कमिटी पुनर्गठन भएको माओवादी केन्द्र पञ्चकन्या गाउँ संगठन समिति सदस्य रामहरि भण्डारीले जानकारी दिनु भयो । उहाँका अनुसार माओवादी केन्द्र पञ्चकन्याको २९ साउनमा बसेको बैठकले वडा समिति अनुमोदनसमेत गरेको छ ।
पुनर्गठित समितिअनुसार वडा १ को इन्चार्जमा गोविन्दबहादुर मल्ल, अध्यक्षमा उत्तम पाठक, सचिव सीताराम फुयाल हुनुहुन्छ । वडा २ को इन्चार्जमा फत्तबहादुर मिजार, अध्यक्ष ठाकुरप्रसाद बोहोरा र सचिव संगम राई रहनुभएको छ ।
यसैगरी वडा नं ३ मा इन्चार्ज छिरिङ दोर्जे तामाङ, अध्यक्ष लालबहादुर तामाङ र सचिवमा कुमार पण्डित चयन हुनुभएको छ ।
वडा नम्बर ४ को इन्चार्जमा बासुसिंह ठकुरी, अध्यक्ष रामकुमार तामाङ र सचिव मिनकुमार अधिकारी चयन हुनुभएको छ भने ५ को इन्चार्जमा रामचन्द्र पाठक ५, अध्यक्ष कृष्णप्रसाद पाण्डे र सचिव महेशप्रसाद सिटौला निर्वाचित हुनु भएको छ ।
भेलाको हरेक वडाहरुमा प्रमुख अथिति योङ कम्युनिस्ट लिग (वाईसीयल) वाग्मती प्रदेश संयोजक जिल्ला सचिवालय सदस्य तथा नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ संयोजक राजन गौतम, जिल्ला सचिवालय सदस्य तथा पञ्चकन्या गाउँपलिका अध्यक्ष तेजबहादुर तामाङ, विशेष अतिथिहरु जिल्ला सचिवालय सदस्य रत्न सुनुवार, माओवादी केन्द्र नुवाकोट जिल्ला समिति सदस्य एवं पञ्चकन्याका इन्चार्ज मणिनाथ लामिछाने, माओवादी केन्द्र पञ्चकन्या गाउँपलिका संगठन कमिटी अध्यक्ष मिनबहादुर केसी, वाग्मती प्रदेश मानव स्रोत संशाधन विभाग सदस्य एवं वडा ३ का अध्यक्ष रामबाबु पराजुली, ३ नं. प्रेदश समिति सल्लाहकार कृष्णबहादुर तामाङलगायत हुनुहुन्थ्यो ।

२९ गते पालिकाको बिस्तारित भेलामा भने विशेष अतिथि छिमेकी शिवपुरी गाउँपालिका माओवादी केन्द्रका अध्यक्ष वीरबहादुर तामाङको उपस्थिति रहेको थियो ।
उक्त भेलाले जनवर्षीय संगठनहरु तामाङ मुक्ति मोर्चाको इन्चार्ज गणेशबहादुर तामाङ घले, अखिल नेपाल महिला संघ क्रान्तिकारीको इन्चार्ज कुमारी तामाङ, अखिल नेपाल किसान संघ (क्रान्तिकारी) को इन्चार्ज रामप्रसाद मिश्र, राई मुक्ति मोर्चाको इन्चार्जमा राजु राई, दलित मुक्ति मोर्चाको इन्चार्जमा कमल सुनुवार, बुद्धिजीवी संगठन इन्चार्जमा पुरुषोत्त सुवेदी, अखिल नेपाल शिक्षक संगठनको इन्चार्ज टीकाप्रसाद कँडेल, वाईसियल इन्चार्ज अंगजसिंह ठकुरी, अनेविस क्रान्तिकारीको इन्चार्ज पछि तोकिने निर्णय भएको छ ।
विस्तारित बैठकले गाउँ संगठन समिति सदस्यमा ८ जनालाई थप गरी अनुमोदनका लागि जिल्ला संगठन समितिमा पठाउने निर्णय पनि भएको मजदुर नेतासमेत रहनुभएका भण्डारीले जानकारी दिनुभयो ।