काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिवार झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूच्क ४.९४ अङ्कले उकालो लागेर दुई हजार ३२५.४५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०६ अङ्कले उकालो लागेर ४४३.१४ मा पुगेको छ । कूल २३१ कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर एक अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ बराबरको कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३३ खर्ब सात अर्ब ९२ करोड ६८ लाख ५० हजार बराबर पुगेको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४.५८, व्यापार १८.७३, वित्त १२.१७, निर्जीवन बीमा ८५.२ र सामूहिक लगानी कोष ०.०५ अङ्कले ओरालो लागेको छ । होटल तथा पर्यटन ३०.९८, विकास बैंक ३५.१२, जलविद्युत् १०.६१, उत्पादन १३.४२, अन्य ३५.८५, लघुवित्त ६.७६, जीवन बीमा ७४.१४ र लगानी ०.३४ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा नेष्डो लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको १० करोड ३६ लाख २७ हजार बराबरको कारोबार भयो । नबिल बैंक पाँच करोड नौ लाख ३७ हजार ९४६, सूर्य लाइफ इन्स्योरेन्स चार करोड ७० लाख ६९ हजार ९००, एनआइसी एशिया बैंक चार करोड २० लाख ६४ हजार ७०४ र हिमालयन डिस्टिलरी तीन करोड ६२ लाख ५३ हजार १०६ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
कारोबारका आधारमा जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेञ्चर लिमिटेडका शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । समिट लघुवित्त वित्तीय संस्था ७.५९, गणपति लघुवित्त ६.४८ र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ६.०६ अङ्कले उकालो लाग्यो । घलेम्दी हाइड्रोपावर ६.३०, राष्ट्रिय बीमा कम्पनी लिमिटेड ४.२१, आइएमई जनरल इन्स्योरेन्स ३.६९, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ३.५४ र जनरल इन्स्योरेन्स कम्पनी नेपालका लगानीकर्ताले ३.३३ अङ्कले गुमाए ।