काठमाडौं । नवौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२२ को आवेदन आह्वान गरिएको छ ।
सन् २०२२ को लागि संचालन गरिने नवौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आइतबार देखि खुलेको छ । विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि संचालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखी १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।
विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिनेछ । जस अन्तर्गत कक्षा ८–१० सम्मका विद्यार्थीले जुनियरमा आवेदन दिन सक्नेछन् भने ११–१२ का विद्यार्थीले सिनियरमा आवेदन दिन सक्नेछन् ।
ओलम्पियाडको पहिलो चरण÷छनौट परिक्षा प्रादेशिक चरणको रुपमा यहि मे ७, २०२२ (बैशाख २४, २०७९) शनिबार बिहान दिउँसो १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिनेछ। ईच्छुक विद्यार्थीहरूले आवेदन फारम आफुलाई पायक पर्ने संबन्धित प्रदेशका हाम्रो संयोजकलाई बुझाउन सक्नेछन् ।
प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो चरण (राष्ट्रिय चरण) मा संबन्धित प्रदेशका विद्यार्थीहरुलाई सामेल गराइनेछ। यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ। तेस्रो चरणको मूल्याङ्कन मार्फत् सहभागी विद्यार्थीहरूलाई यो वर्ष संचालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोपिÞmसिक्स ओलम्पियाडहरुको लागि सिफारिस गरिनेछ ।
कार्यक्रमको आवेदन फारम तथा सम्बन्धि सम्पूर्ण जानकारी www.nepalastronomicalsociety.org/olympiad मा उपलब्ध रहेको नेपाल एष्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले बताउँनुभयो ।