काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
आइतबार भर्चुअल माध्यमबाट भएको साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह वितरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको थियो । साथै कम्पनीको आव ०७७/०७८ को आषाढ मसान्तसमको नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरणको बारेमा संक्षिप्त जानकारी दिइएको थियो ।
कम्पनी सञ्चालक समिति अध्यक्षबाट कम्पनी स्थापना भएको २८ औं वर्षमा कम्पनीले प्रकाशित गरेको आव ०७७/०७८ को चौथो वित्तीय विवरणअनुसार कम्पनीले बीमा शुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्ब क्लबमा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा ३०० प्रतिशतभन्दा बढीले वृद्ध गर्न सफल भएको जानकारी गराउनु भयो ।
कम्पनीको उक्त सफलताप्रति सम्पूर्ण शेयरधनी महानुभावहरुले हर्ष व्यक्त गर्दै सञ्चालक समिति तथा व्यवस्थापनलाई धन्यवाद तथा बधाई ज्ञापन गरेको सचिव अनिल गुरागाईंले जारी विज्ञप्तिमा उल्लेख छ ।
सभामा कुल बीमा शुल्क आम्दानी ६९,८९०३९८३ आर्जन भएको र कम्पनीको चुक्ता पुँजी ३०, २४, ००००० मा २४० प्रतिशतले वृद्धि गरी १, ०२, ८१, ६०, ००० भएको जानकारी गराइयो । साथै आर्थिक वर्ष ०७७/०७८ का लागि बाह्य लेखा परीक्षक एमजीएस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरियो ।
कम्पनीले आगाम दिनमा शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा तीव्रगतिमा अगाडि बढ्न शेयरधनी महानुभावहरुबाट कम्पनीको व्यवस्थापनलाई सुझाव प्रदान गर्दै व्यवस्थापनबाट सोही बमोजिम कार्य गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।