काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले २७ जिल्लाका १ सय ४५ पालिकामा उम्मेदवारी दिएको छ । लोसपाका अनुसार सबैभन्दा बढी उम्मेदवारहरु मधेस प्रदेशमा रहेका छन् ।
सर्लाहीको २० वटा स्थानीय तहमध्ये १९ वटा पालिकाहरुमा लोसपाले प्रमुख तथा उप प्रमुखलाई प्रतिस्पर्धामा उतारेको छ । नेकपा एमालेसँग वीरगञ्ज महानगरपालिका र महोत्तरीको बर्दिवास नगरपालिकामा गठबन्धन गरेको लोसपाले दुवै स्थानीय तहमा उपमेयरका लागि उम्मेदवारी दर्ता गराएको छ ।
लोसपाले इलामदेखि कञ्चारपुर जिल्लासम्म आफ्नो उम्मेदवार खडा गरेको हो । इलाम, मकवानपुर, धादिङ, भक्तपुरका एकरएक स्थानीय तहमा लोसपाले आफ्नो उम्मेदवार उठाएको छ । त्यसैगरी कंचनपुर, बाँके, नुवाकोट चितवन, रामेछाप, काठमाडौंका दुईरदुई वटा स्थानीय तहमा आफ्नो उम्मेदवार खडा गरेको छ । कैलाली, बर्दिया, दाङ, मोरङका तीनरतीन वटा स्थानीय तहमा लोसपाले आफ्नो उम्मेदवारी दिएको छ ।
नवलपरासीका ४, कपिलवस्तु, रुपन्देहीका ८।८ वटा स्थानीय तहमा उम्मेदवार उठाएको नेता केशव झाले बताउनुभयो । यस्तै पर्सा र सिराहाका १२।१२ स्थानीय तहमा उम्मेदवारी दिएको लोसपाले बारामा १२, महोत्तरी र रौतहटका १४।१४ स्थानीय तह, सप्तरीको १५ र धनुषाका १७ स्थानीय तहमा उम्मेदवारी दिएको छ ।