ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ११ बजेबाट गणना सुरु गर्ने भनिए पनि तयारीका काम सकाएर भर्खरै सुरु भएको जनाइएको छ ।
राति भएको सर्वदलीय बैठकले बिहान ११ बजेबाट गणना सुरु गर्ने निर्णय गरे पनि त्योभन्दा झण्डै चार घण्टापछि मात्रै गणना सुरु भएको हो । महालक्ष्मी नगरबाट प्रमुखमा नेकपा ९एमाले०बाट हरिगोविन्द श्रेष्ठ, नेकपा ९माओवादी केन्द्र०बाट शिव कट्टेल, नेकपा ९एकीकृत समाजवादी०बाट नकुल थापाले उम्मेदवारी दिनुभएको थियो । उपप्रमुखमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन, एमालेबाट वीना सुवेदी केसीले उम्मेदवारी दिनुभएको हो ।
दुई तहमा गठबन्धन र एकमा एमालेको अग्रता
ललितपुरका तीन गाउँपालिकामध्ये दुईमा सत्ता गठबन्धन (नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र) का उम्मेदवार र एकमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता रहेको छ ।
बागमती गाउँपालिका–१ मा ७७९ मत गणना हुँदा प्रमुखमा कांग्रेसका वीरबहादुर लोप्चनले ४१७, एमालेका नवराज सञ्जेलले ३२२ मत र उपप्रमुखमा माओवादीका भक्तकुमार दर्लामीले ४०० र एमालेको नमूना दोङले २७२ मत प्राप्त गर्नुभएको छ ।
कोञ्ज्योसोम गाउँपालिकामा गणना हुँदा एमालेका कृष्णमान लामाको ४४९, माओवादीका गोपीलाल सिङतानको ३७६ मत रहेको छ । उपाध्यक्षमा नेपाली कांग्रेसका राजनप्रसाद घिमिरेको ३०४ र एमालेको रणिता तामाङको पक्षमा २५२ रहेको छ ।
महाङ्काल गाउँपालिकामा ४०० मत गणना हुँदा कांग्रेसका गणेश केसीको २४३, नेकपा एमालेको कमला तामाङको १२१ मत र उपाध्यक्षमा माओवादीको डोल्मा लामाले २३३ र एमालेका पुरुषोतम हुमागाइँको १२१ मत ल्याउनुभएको थियो । हाल महाङ्काल गाउँपालिकामा भने मतगणना स्थगित गरिएको छ ।