लमजुङ । सत्ता गठबन्धनलाई हराउँदै लमजुङका वडाहरुमा नेकपा एमालेले अग्रता लिएको छ । सत्ता गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार समेत वडाअध्यक्षमा विजयी भएका छन् ।
कूल ७५ वडामध्ये १५ वडाको मतगणना सकिएकोमा एमालेले ८ वडामा जित हासिल गरेको छ । लमजुङको ४ नगरपालिका र ४ गाउँपालिकामा सत्ता गठबन्धनको नेतृत्व दल कांग्रेसले ४ वडा जितेको छ । माओवादी केन्द्रले २ वडा जितेको छ । स्वतन्त्रले एउटा वडा जितेका छन् । लमजुङमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन छ ।
दूधपोखरी गाउँपालिका ३ मा स्वतन्त्र उम्मेदवार श्याम गुरुङले २ सय २८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । निकटत प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका औतराम तामाङले २ सय २४ मत ल्याएर पराजित हुनुभएको छ । प्रतिद्वन्द्वी एमालेका मानबहादुर गुरुङले ८१ मत ल्याउनुभएको छ ।
बेंसीसहर नगरपालिका १ मा एमालेका दुर्गाबहादुर बुढाथोकी २ मतले विजयी ब
न्नु भएको छ । उहाँले ७ सय १९ मत ल्याउनुभयो । प्रतिद्वन्द्वी कांग्रेसका गौबहादुर गुरुङले ७ सय १७ मत ल्याउनुभयो ।
सुन्दरबजार नगरपालिका १ मा एमालेका कर्णबहादुर गुरुङ ४ सय ४६ मत बटुलेर वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी माओवादी केन्द्रकी सन्तोषी गौलीले ३ सय ५५ मत ल्याउयो । सुन्दरबजार नगरपालिका २ मा एमालेकै नवीनकुमार श्रेष्ठ ८ सय ८१ मतका साथ वडाअध्यक्षमा निर्वाचित हुनुभयो । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी श्रेष्ठले ५ सय ४६ मत ल्याउनुभयो । प्रतिद्वन्द्वी राप्रपाका विष्णु खड्काले ९१ मत प्राप्त गर्नुभयो ।
मध्यनेपाल नगरपालिका १ मा एमालेका सुदीप थापा वडाअध्यक्षमा विजयी हुनुभयो । उहाँले ६ सय ८१ मत प्राप्त गर्नुभयो । प्रतिद्वन्द्वी कांग्रेसका विजय पौडेलले ६ सय ४ मत प्राप्त गर्नुभयो । राइनास नगरपालिका २ मा एमालेका लक्ष्मण शाहीले ३ सय ८८ मत ल्याएर वडाअध्यक्षमा जित्नुभयो । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका नवराज गुरुङले ३ सय ६३ मत ल्याउनुभयो ।
क्व्होलासोंथर गाउँपालिका १ मा एमालेका पेमा गुरुङ २ सय ८९ मत ल्याएर वडाअध्यक्षमा विजयी बन्नुभयो । प्रतिद्वन्द्वी कांग्रेसका भूपाल गुरुङले २ सय २३ मत प्राप्त गर्नुभयो । मर्स्याङ्दी गाउँपालिका १ मा एमालेका रुद्रमान गुरुङ ४ सय २२ मत ल्याएर निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी माओवादी केन्द्रका कमल गुरुङले १ सय १७ मत ल्याउनुभयो । दोर्दी गाउँपालिका २ मा एमालेका गणेशबहादुर खत्रीले ३ सय ९९ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित हुनुभयो । स्थानीय चुनाव २०७४ मा एमाले र माओवादी गठबन्धन हुँदा उक्त वडा पराजित भएको थियो । अहिले पराजित कांग्रेसका गोविन्द अधिकारीले ३ सय ४८ मत ल्याउनुभएको छ ।
कांग्रेसका तर्फबाट सुन्दरबजार नगरपालिका ३ का उम्मेदवार अमृत न्यौपानेले ७ सय ४६ मत ल्याएर वडाअध्यक्षमा विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद अधिकारीले २ सय ६१ मत पाउनु भएको छ । मध्यनेपाल नगरपालिका १० मा कांग्रेसका रामचन्द्र भण्डारी विजयी हुनुभएको छ । उहाँले ६ सय ५७ मत ल्याउँदा प्रतिद्वन्दी एमालेका दीपक दुराले ४ सय ८४ मत ल्याउनुभएको छ ।
दोर्दी गाउँपालिका १ मा कांग्रेस उम्मेदवार लक्ष्मीप्रसाद अधिकारीले ६ सय ८२ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित हुनुभएके छ । प्रतिद्वन्द्वी एमालेका इन्दिरा लम्साल अधिकारीले ५ सय ८६ मत ल्याउनुभएको छ । दूधपोखरी गाउँपालिका १ मा कांग्रेसका दुर्गामान गुरुङले ४ सय ८१ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । एमालेका गजबहादुर गुरुङले ४ सय २६ मत ल्याउनुभएको छ ।
माओवादी केन्द्रतर्फ राइनास नगरपालिका १ मा विष्णु पौडेलले ३ सय ५८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । प्रतिद्वन्दी एमालेका बलराम घिमिरेले २ सय ३९ मत ल्याउनुभएको छ । दूधपोखरी गाउँपालिका २ मा माओवादी केन्द्रका अमर गुरुङले ६ सय ६८ मत ल्याएर वडाअध्यक्षमा विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मदत्त दवाडीले २ सय ६९ मत ल्याउनुभएको छ । प्रतिद्वन्द्वी मंगोल नेश्नल अर्गनाइजेसनका होमराज घलेले ३० मत र स्वतन्त्रबाट रेशमलाल भुजेलले १५ मत ल्याउनुभएको छ ।