काठमाडौँ । स्थानीय तह चुनाव २०७८ को मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्मको नतिजाअनुसार नेकपा एमालेले १० स्थानमा प्रमुख पदमा जित हात पारेको छ । त्यस्तै कांग्रेसले ९ स्थानमा जित हात पार्दा नेकपा माओवादी केन्द्रले ४ स्थानमा जित हात पारेको छ ।
त्यस्तै कांग्रेस २५५ स्थानमा अग्रस्थानमा रहेको छ । एमालेले १९२ स्थानमा अग्रता बनाइरहँदा माओवादीले १११ स्थानमा अग्रता बनाएको छ । त्यस्तै ६ महानगरमध्ये काठमाडौंमा स्वतन्त्र र ५ मा गठबन्धनले अग्रता बनाइरहेको छ ।
११ वटा उपमहानगरमध्ये दाङको तुलसीपुरको वडा नम्बर १७ मा जेठ ३ गते चुनाव हुने भएको छ । त्यहाँ वडाध्यक्षका उम्मेदवारको मृत्यु भएकाले चुनाव सरेको थियो । अन्यमा धनगढी र जनकपुरमा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन् । त्यस्तै बाराको कलैयामा एमाले अगाडि रहेको छ भने बाँकीमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।
१. इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार हेम कर्ण पौडेल २,६६२ मतका साथ अग्रस्थानमा छन् । पौडेललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यामकुमार चुङ्गवाङ सुब्बाले १,९३४ मत ल्याउनुभएको छ । उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी २०४८ मतसहित अगाडि रहनुभएको छ । उहाँलाई एकीकृत समाजवादीका केशवकुमार विष्ट १८०३ मतसहित पछ्याइरहनुभएको छ ।
२.धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार किशोर राई १,४८९ मतका साथ अग्रस्थानमा रहनुभएको छ । राईलाई पछ्याइरहेका स्वतन्त्रका हर्कराज राईले १,०२८ मत ल्याउनुभएको छ । उमपेयरमा माओवादीका अइन्द्रविक्रम बेघा १६०३ मतसहित अगाडि रहनुभएको छ भने उहाँलाई एमालेका पदमप्रसाद लिम्बुले ९३४ मतसहित पछ्याइरहनुभएको छ ।
३.जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १,३७० मतका साथ अग्रस्थानमा रहनुभएको छ । सुडीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाल)का शिवशंकर साहले ६१६ मत ल्याउनुभएको छ । उपमेयरमा कांग्रसका किशोरी साह १४५४ मतसहित अग्रस्थानमा रहनुभएको छ भने उहाँलाई रुणादेवी झाले ७१७ मतसहित पछ्याइरहनु भएकाको छ ।
४.बाराको कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका विनोदप्रसाद साह १५३० मतसहित अगाडि रहनुभएको छ । उहाँलाई कांग्रेसका राजेश राय यादवले ९०६ मतसहित पछ्याइरहनुभएको छ । त्यस्तै उपमेयरमा पनि एमालेकै रौशन परविन ११९० मतसहित अग्रस्थानमा रहनुभएको छ । उहाँलाई जनता समाजवादी पार्टीका प्रमोदप्रसाद गुप्ताले १०२३ मतसहित पछ्याइरहनुभएको छ ।
५.जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार राजन पौडेल ३,७०१ मतका साथ अग्रस्थानमा रहनुभएको छ । पौडेललाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सरस्वतीदेवी चौधरीले २,२४६ मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा कांग्रेसकी मेघा शाही ३५५२ मतसहित अगाडि रहँदा एमालेका भोलाप्रसाद अधिकारीले २४२० मतसहित पछ्याइरहनुभएको छ ।
६.हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मीनाकुमारी लामा २,१३० मतका साथ अग्रस्थानमा रहनुभएको छ । लामालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अनन्तप्रसाद पौडेलले २,१२८ मत ल्याउनुभएको छ । उपमेयरमा कांग्रेसका राजेश बानिया २२२६ मतसहित पहिलो स्थानमा छन् भने एमालेकी सुमित्रा काफ्ले १८०६ मतसहित दोस्रो स्थानमा रहनुभएको छ ।
७.बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार खेलराज पाण्डेय २,८१३ मतका साथ अग्रस्थानमा छन् । पाण्डेयलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बाबुराम भट्टराईले १,६३१ मत ल्याएका छन् । उपमेयरमा एमालेकी सावित्रादेवी अर्याल १४८२ मतसहित अग्रस्थानमा रहँखा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १२८२ मतसहित पछ्याइरहेका छन् ।
८.दाङको घोराही उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेल ३१३७ मतसहित अग्रस्थानमा रहेका छन् । उहाँलाई नेकपा एमालेका नरुलाल चौधरीले २७६१ मतसहित पछ्याइरहेका छन् । त्यस्तै उपमेयरमा कांग्रेसका ३४३० मतसहित अगाडि छन् भने एमालेकी हुमाकुमारी डीसी २६५९ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
९.दाङका दुई उपमहानगरपालिकामध्ये अर्को तुलसीपुरमा अहिलेसम्म मतगणना सार्वजनिक भएको छैन ।
१०. नेपालगंज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार प्रशान्त विष्ट २,८१२ मतका साथ अग्रस्थानमा छन् । विष्टलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पशुपति दयाल मिश्राले १,४११ मत ल्याएका छन् । नेपालगन्जमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई ११८३ मतसहित अगाडि छन् भने विन्दु चर्ती मगरले १३३० मतसहित पछ्याएकी छिन् ।
११.धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १,४७२ मतका साथ अग्रस्थानमा छन् । हमाललाई पछ्याइरहेका नेपाली कांग्रेसका नृपबहादुर वडले ८६३ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी ७३८ मतसहित अगाडि छिन् भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारी ५११ मतसहित दोस्रो स्थानमा रहेका छन् ।