धादिङ । धादिङ जिल्लामा रहेका दुई नगरपालिकासहित १३ स्थानीय तहमा नयाँ नेतृत्व आएका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत वैशाख ३० गते भएको मतदानको शुक्रबार सकिएको मतगणनाबाट विभिन्न दलहरुबाट पालिका हाँक्ने नेतृत्व निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगले दिएको परिणामअनुसार पाँच दलीय सत्ता गठबन्धनको नेपाली कांग्रेसले नीलकण्ठ नगरपालिका र ६ गाउँपालिका प्रमुख जित हात पारेको छ । कांग्रेसले पाँच पालिकामा उपप्रमुख जितेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले गजुरी गाउँपालिकासहित ३ वटा पालिका अध्यक्ष र ५ उपप्रमुखमा विजय प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)ले धुनीबेंसी नगरपालिका प्रमुख र ३ गाउँपालिका उपाध्यक्ष आफ्नो पोल्टामा पारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतसँग गठबन्धन गरेर चुनावी मैदान गएको नेकपा एमालेले थाक्रे र गल्छी गाउँपालिकाको प्रमुखमा मात्रै जितेको छ ।
धादिङमा ३ जनामात्रै महिला उपाध्यक्ष/उपप्रमुख जितेका छन् ।
हेर्नुहोस् कहाँ कसले जिते ?
नीलकण्ठ नगरपालिका
मेयर : भीमप्रसाद ढुंगाना (नेपाली काँग्रेस)
उपमयेर : दिपक विश्वकर्मा (नेकपा माओवादी केन्द्र)
धुनीबेंसी नगरपालिका
मेयर : बालकृष्ण आचार्य (नेकपा एकीकृत समाजवादी)
उपमेयर : सुरज उप्रेती (नेपाली काँग्रेस)
थाक्रे गाउँपालिका
अध्यक्ष : रामकुमार आचार्य (नेकपा एमाले)
उपाध्यक्ष यन्त्रबहादुर थापा (नेकपा माओवादी केन्द्र)
गल्छी गाउँपालिका
अध्यक्ष : केदारनाथ खतिवडा (नेकपा एमाले)
उपाध्यक्ष : भाईकाजी तिवारी (नेपाली काँग्रेस)
गजुरी गाउँपालिका
अध्यक्ष : गणेशलाल श्रेष्ठ (नेकपा माओवादी केन्द्र)
उपाध्यक्ष : शर्मिला विसुराल (नेपाली काँग्रेस)
बेनिघाट रोराङ गाउँपालिका
अध्यक्ष : कृष्णबहादुर थपलिया (नेकपा माओवादी केन्द्र)
उपाध्यक्ष : टापबहादुर श्रेष्ठ (नेकपा एकीकृत समाजवादी)
सिद्धलेक गाउँपालिका
अध्यक्ष : परशुराम खतिवडा (नेपाली काँग्रेस)
उपाध्यक्ष : सविता अर्याल (नेकपा एकीकृत समाजवादी)
ज्वालामुखी गाउँपालिका
अध्यक्ष : यामनाथ दनै (नेपाली काँग्रेस)
उपाध्यक्ष : धर्मबहादुर अर्याल (नेकपा एकीकृत समाजवादी)
त्रिपुरासुन्दरी गाउँपालिका
अध्यक्ष : राजु उप्रेती (नेपाली काँग्रेस)
उपाध्यक्ष : देवराज धरेल (नेकपा माओवादी केन्द्र)
नेत्रावती डबजोङ गाउँपालिका
अध्यक्ष : मेघनाथ रिजाल (नेपाली काँग्रेस)
उपाध्यक्ष : सीतामाया गुरुङ (नेपाली काँग्रेस)
गङ्गाजमुना गाउँपालिका
अध्यक्ष : भक्तबहादुर लामा (नेपाली काँग्रेस)
उपाध्यक्ष : रामेश्वर सिम्खडा (नेकपा माओवादी केन्द्र)
खनियाबास गाउँपालिका
अध्यक्ष : रणबहादुर तामाङ (नेपाली काँग्रेस)
उपाध्यक्ष : सेकेमान तामाङ (नेकपा माओवादी केन्द्र)
रुविभ्याली गाउँपालिका
अध्यक्ष : रामसिंह तामाङ (नेकपा माओवादी केन्द्र)
उपाध्यक्ष : फे लामा तामाङ (नेपाली काँग्रेस)