नुवाकोट । जिल्लाका १२ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत शनिबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उम्मेदवारहरु प्रमुख पदहरुमा विजय भएका छन् ।
कांग्रेसले जिल्ला सदरमुकाम रहेको विदुर नगरपालिकासहित ७ पालिका प्रमुख र ४ उपाध्यक्ष उपाध्यक्ष पदमा जितेको छ । माओवादी केन्द्रले बेलकोटगढी नगरपालिकासहित ४ गाउँपालिका प्रमुख र ८ उपाध्यक्षमा जित हासिल गरेको छ । एमालेले १ मात्रै पालिकाको नेतृत्व जितेको छ ।
जिल्लामा मुख्य त तीन दलबीच फरक पालिकामा फरक प्रकृतिले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका थिए । गतको परिणामसँग तुलना गर्दा कांग्रेसले खासै प्रगति गर्न सकेको देखिन्न । २०७४ को निर्वाचनमा ७ पालिका प्रमुख जितेको कांग्रेसले त्यसलाई कायम राखेको छ । यसपटक पालिका प्रमुखअन्तर्गत विदुर नगरपालिकाको मेयर पद पाएको छ ।
यस्तै माओवादी केन्द्रले पुरानो आफूले जितेको पालिकालाई रक्षा गर्दै बेलकोटगढी नगरपालिका र दुप्चेश्वर गाउँपालिकामा थप जित निकालेको छ । उसले उपप्रमुखतर्फ भने कांग्रेसले भन्दा बढी अर्थात् ८ स्थानमा जितेको छ । गत निर्वाचनमा विदुर र बेलकोटगढीसहित ३ पालिका जितेको एमाले भने प्रमुख १ पदमा मात्रै खुम्चिएको छ ।
१. विदुर नगरपालिका
मेयर- राजन श्रेष्ठ (कांग्रेस)
उपमेयर - प्रभा बोगटी (माओवादी केन्द्र)
२. बेलकोटगढी नगरपालिका
मेयर- जगतबहादुर गुरुङ (माओवादी केन्द्र)
उपमेयर - शिव दाहाल (कांग्रेस)
३. तारकेश्वर गाउँपालिका
अध्यक्ष- शिव अधिकारी (कांग्रेस)
उपाध्यक्ष-हरिप्रसाद रिमाल (माओवादी केन्द्र)
४ म्यागङ गाउँपालिका
अध्यक्ष - आशा तामाङ (कांग्रेस)
उपाध्यक्ष - सीता तामाङ (कांग्रेस)
५ किस्पाङ गाउँपालिका
अध्यक्ष - बिरबल तामाङ (एमाले)
उपाध्यक्ष - अर्जुन न्यौपाने (माओवादी केन्द्र)
६ सूर्यगढी गाउँपालिका
अध्यक्ष - सन्तबहादुर घले (कांग्रेस)
उपाध्यक्ष - मन्जु बुढाथोकी (कांग्रेस)
७ तादी गाउँपालिका
अध्यक्ष - सन्तमान तामाङ (कांग्रेस)
उपाध्यक्ष - सन्जु प्याकुरेल (माओवादी केन्द्र)
८ दुप्चेश्वर गाउँपालिका
अध्यक्ष - शंकरबहादुर थापा (माओवादी केन्द्र)
उपाध्यक्ष - माकुरी तामाङ (माओवादी केन्द्र)
९ पन्चकन्या गाउँपालिका
अध्यक्ष - तेजबहादुर तामाङ (माओवादी केन्द्र)
उपाध्यक्ष - बिमला केसी (माओवादी केन्द्र)
१० लिखु गाउँपालिका
अध्यक्ष -ध्रुव श्रेष्ठ (कांग्रेस)
उपाध्यक्ष - शुभद्रा अधिकारी (कांग्रेस)
११ शिवपुरी गाउँपालिका
अध्यक्ष - गोविन्द थपलिया (कांग्रेस)
उपाध्यक्ष - वीरबहादुर तामाङ (माओवादी केन्द्र)
१२ ककनी गाउँपालिका
अध्यक्ष - सुमन तामाङ (माओवादी केन्द्र)
उपाध्यक्ष - मिठुमाया तामाङ (माओवादी केन्द्र)