काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका १३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी २६ पदमध्ये १३ वटामा विजयी हुँदै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेर उठेको कांग्रेसले उम्मेदवारी दिएको सबै पदमा जित हासिल गरेको हो । सोमबार बिहान सम्पन्न १३ वटै स्थानीय तहको निर्वाचनमा कांग्रेसले बनेपा, पनौती, नमोबुद्ध, पाँचखाल नगरपालिका प्रमुख, रोशी, तेमाल र बेथानचोक गाउँपालिका अध्यक्ष, धुलिखेल र मण्डनदेउपुर नगरपालिकामा उपप्रमुखका साथै भुम्लु, खानीखोला, चौरीदेउराली र महाभारत गाउँपालिकामा उपाध्यक्ष पदमा जित निकालेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचन कांग्रेस १ नगर प्रमुख, उपप्रमुख र ३ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गरी ८ पदमा सीमित थियो ।
८ पदमा जित हासिल गरेको माओवादी केन्द्रले चौरीदेउराली, महाभारत, खानीखोला र भुम्लु गाउँपालिका अध्यक्ष, नमोबुद्ध नगरपालिकाको उपप्रमुखका साथै रोशी, तेमाल र बेथानचोक गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र २ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गरी ४ पदमा सीमित थियो ।
एमाले फुटपछि पनि ४ नगरपालिका प्रमुख, उपप्रमुख, २ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष कायम रहेको एमाले धुलिखेल नगरपालिकाको प्रमुख, बनेपा, पनौती र पाँचखाल नगर उपप्रमुख पदमा खुम्चिएको छ । एमाले फुटेर बनेको एकीकृत समाजवादी कायम गरेको मण्डनदेउपुर नगरको प्रमुखमा निवर्तमान प्रमुख टोकबहादुर वाइबा नै निर्वाचित भएका छन् । यसअघि रहेका नमोबुद्ध नगर उपप्रमुख र भुम्लु गाउँपालिका उपाध्यक्ष पनि एकीकृत समाजवादीले गुमाएको छ ।
कहाँ कसले जिते ?
१ खानीखोला गाउँपालिका
अध्यक्ष : ईन्द्रबहादुर थिङ (माओवादी केन्द्र)
उपाध्यक्ष : दोर्जेमान जिम्वा (कांग्रेस)
२ चौरी देउराली गाउँपालिका
अध्यक्ष : रेणुका चौलागाई (माओवादी केन्द्र)
उपाध्यक्ष : शेरबहादुर लामा (तामाङ) (कांग्रेस)
३ तेमाल गाउँपालिका
अध्यक्ष : चन्द्रबहादुर तामाङ (कांग्रेस)
उपाध्यक्ष : दलमान थोकर (माओवादी केन्द्र)
४ धुलिखेल नगरपालिका
प्रमुख : अशोककुमार ब्याञ्जु श्रेष्ठ (कांग्रेस)
उपप्रमुख : निराजन जंगम (कांग्रेस)
५ नमोबुद्ध नगरपालिका
प्रमुख : कुनसाङ लामा (कांग्रेस)
उपप्रमुख : रत्नबहादुर लामा (माओवादी)
६ पनौती नगरपालिका
प्रमुख : राम सरण भण्डारी (कांग्रेस)
उपप्रमुख : गीता बन्जारा (एमाले)
७ पाँचखाल नगरपालिका
प्रमुख : महेश खरेल (कांग्रेस)
उपप्रमुख : सूर्यमाया दनुवार (एमाले)
८ बनेपा नगरपालिका
प्रमुख : शान्ति रत्न शाक्य (कांग्रेस)
उपप्रमुख : विमला सापकोटा दाहल (एमाले)
९ बेथानचोक गाउँपालिका
अध्यक्ष : भगवान अधिकारी (कांग्रेस)
उपाध्यक्ष : तारा राना तिमल्सिना (माओवादी केन्द्र)
१० भुम्लु गाउँपालिका
अध्यक्ष : प्रेमबहादुर भुजेल (माओवादी केन्द्र)
उपाध्यक्ष : जितेन्द्रमान तामाङ (कांग्रेस)
११ मण्डनदेउपुर नगरपालिका
प्रमुख : टोकबहादुर तामाङ (एकीकृत समाजवादी)
उपप्रमुख : विष्णुमणी नेपाल (कांग्रेस)
१२ महाभारत गाउँपालिका
अध्यक्ष : कान्छालाल जिम्बा (माओवादी केन्द्र)
उपाध्यक्ष : सागर मोक्तान (कांग्रेस)
१३ रोशी गाउँपालिका
अध्यक्ष : दिनेश लामा (कांग्रेस)
उपाध्यक्ष : मिमबहादुर वाइबा (माओवादी केन्द्र)