सिन्धुली । स्थानीय तह निर्वाचनमा सिन्धुली जिल्लामा नेकपा माओवादीका जनप्रतितिधि ४ पालिकामा निर्वाचित हुन सफल भएको छ । दुई नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको सिन्धुलीको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन रहेको थियो । जसमध्ये कांग्रेसको भागमा एक नगरपालिका र ४ गाउँपालिका र माओवादी केन्द्रको भागमा ४ गाउँपालिका परेको थियो ।
माओवादी केन्द्रको भागमा परेको दुधौली नगरपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा सबै जनप्रतिनिधि निर्वाचत हुन सफल भए । फिक्कल गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका जनप्रतिनिधि निर्वाचित भएका छन् । यस्तै गोलान्जोर गाउँपालिकामा पनि अध्यक्ष एमालेको जनप्रतिनिधि निर्वाचित हुनु सफल हुनुभएको छ ।
कांग्रेसका उम्मेदवार कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका र घ्याङलेख गाउँपालिकामा निर्वाचित हुनुभएको छ । यस पटकको नतिजामा जिल्लामा माओवादी केन्द्र पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा रहेको छ । ०७४ को स्थानीय तहको निर्वाचनमा यी तीन पार्टीले ३/३ तहमा निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा एमालेले जिल्लाको दुई नगरपालिका र एक गाउँपालिकामा आफ्नो नेतृत्व निर्वाचित भएको थियो ।
०७९ को निर्वाचनमा भने कुनै पनि नगरपालिकामा एमालेले जित्न सकेन । कमलामाई नगरपालिकामा भने उपमेयरमा निर्वाचित भएका छन् । कांग्रेस र माओवादीको गठबन्धनले यी दुई पार्टीलाई भने फाइदा पुगेको देखिन्छ । यसभन्दा अघि ३ पालिकामा निर्वाचित भएको माओवादी यस पटक भने थप एक पालिकासँगै ४ पालिकामा निर्वाचित हुन सफल भएको छ । कांग्रेस भने ३ पालिकामा नै सीमित भएको छ ।
कहाँ कसले जिते ?
१ दुधौली नगरपालिका
मेयरः दिनेश अधिकारी (नेकपा माओवादी केन्द्र)
उपमेयर : चन्द्रकिशोर थारु (नेपाली कांग्रेस)
२ मरिण गाउँपालिका
अध्यक्षः विमर्श मुक्तान (नेकपा माओवादी केन्द्र)
उपाध्यक्षः विमला माझी (नेपाली कांग्रेस)
३ सुनकोशी गाउँपालिका
अध्यक्षः दिपा बोहोरा दाहाल (नेकपा माओवादी केन्द्र)
उपाध्यक्षः कपिलकुमार कोइराला (नेपाली कांग्रेस)
४ हरिहरपुरगढी गाउँपालिका
अध्यक्षः बज्रध्वज वाइबा (नेकपा माओवादी केन्द्र)
उपाध्यक्षः चेखबहादुर थिङ (नेपाली कांग्रेस)
५.कमलामाई नगरपालिका
मेयरः उपेन्द्रकुमार पोखरेल (नेपाली कांग्रेस)
उपमेयरः मन्जु देवकोटा (नेकपा एमाले)
६.घ्याङलेख गाउँपालिका
अध्यक्षः जगतबहादुर भोलन (नेपाली कांग्रेस)
उपाध्यक्षः शंकरमान घलान (नेकपा माओवादी केन्द्र)
७. तीनपाटन गाउँपालिका
अध्यक्षः कर्ण बहादुर मगर ( नेपाली कांग्रेस)
उपाध्यक्षः धनबहादुर पुलामी (नेकपा माओवादी केन्द)
८.गोलान्जोर गाउँपालिका
अध्यक्षः शंकरराज बराल (नेकपा एमाले)
उपाध्यक्षः ज्वालाप्रसाद न्यौपाने (नेकपा माओवादी केन्द्र )
९. फिक्कल गाउँपालिका
अध्यक्षः पार्वती सुनुवार (नेकपा एमाले)
उपाध्यक्षः राजु बराल (नेकपा एमाले)