काठमाडौं । सरकारले अफगानिस्तानबाट फर्केका सबै नागरिकलाई खोप लगाउन सुरु गरेको छ ।
अफगानिस्तान पोलियो संक्रमण जोखिमयुक्त मुलुक भएकोले सो संक्रमणबाट बचाउन खोप लगाउन सुरु गरिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक गौतमले बताउनुभयो । उहाँका अनुसार सोमबारबाट सुरु गरिएको पोलियो कार्यक्रममा २१० जना सहभागी भइसकेका छन् ।
विमानस्थलमा अवतरण हुनेबित्तिकै पोलियो खुवाउने र जिल्लामा पुगेका नागरिकलाई जिल्ला जनस्वास्थ्य कार्यालय अथवा नजिकको स्वास्थ्य संस्थामा गएर पोलियो खोप लगाउन सरकारले आग्रह गरेको छ ।
७७० को उद्धार
परराष्ट्र मन्त्रालयका अनुसार भदौ ८ (मंगलबार) सम्ममा ११२ जना गरी अहिलेसम्म ७७० जना नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौं ल्याउन निरन्तर समन्वय र सहजीकरण भइरहेको पनि मन्त्रालयले जनाएको छ । अन्य कोभिड–१९को संम्रमण देखिएको नागरिकलाई घर पठाइसकेको छ ।
नेपालमा सन् २०१० देखिनै पोलियो बिरामी नभेटिएको सरकारको दाबी छ । सो समयदेखि पोलियोको बिरामी नभेट्दा यो रोग नेपालमा नभएको सरकारको भनाइ छ । आफगानिस्ताबाट आउने नागरिकमा पोलियो रोग हुनसक्ने भन्दै इन्टरनेशनल हेल्थ रेगुलेशनले पोलियो खुवाउन नेपाल सरकारलाई जानकारी गराएअनुसार यो कार्यक्रम तय भएको हो ।
नेपालमा सर्भिलेन्स गर्दा पनि पोलियो बिरामी नभेटिए पनि अफगानिस्तानबाट फर्किने नागरिकले यो भाइरस ल्याउनेसक्ने हुँदा सरकारलाई थप चुनौती देखिएको छ । यसअघि पनि अफगानिस्तान जाने बिदामा आउने नागरिकमा पनि पोलियोको समस्या थियो होला, किन ध्यान दिनु भएन भन्ने हाम्रो प्रश्नमा प्रमुख डा. गौतलमले ‘इन्टरनेशनल हेल्थ रेगुलेशन’ले धेरै संख्यामा नागरिकलाई उद्धार गरिएको हुँदा पोलियो खोप लगाउन सिफारिस गरेको हुँदा लगाइएको बताउनुभयो ।
यस्तो जोखिम क्षेत्रबाट आउने नागरिकमा सरकार आफै सचेत हुनुपर्ने होइन र ? भन्ने प्रश्नमा 'अबमा दिनमा पोलियो जोखिम क्षेत्रबाट आउने नागरिकलाई खोप लगाउने छौं,' भन्नुभयो ।
के हो पोलियो रोग ?
पोलियो भाइसरले हात, खुट्टाका स्नायुहरुलाई कमजोर पारेर बिस्तारै हातखुट्टा नचल्ने, अशक्त बनाउने, प्यारालाईसिस हुँदै बिरामीको निधन पनि हुनसक्ने डा. गौतम बताउनुहुन्छ । उहाँका अनुसार ‘पोलियो भाइरस पानी वा खानेकुराको माध्ययमबाट सर्ने रोग हो । पोलियो भाइसर भएको दिशा पानी मिसियो र त्यो पानीलाई नउमाली खादा सर्ने सम्भावना हुन्छ ।’