सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघको ५४ औँ स्थापना दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । दिवसको अवसरमा सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युट नुनथलाको प्राङ्गणमा विभिन्न १० प्रकारका ३२ वटा बिरुवा रोपिएको वृक्षारोपण कार्यक्रम संयोजक तथा उद्योग वाणिज्य संघका सदस्य गोविन्द खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा संघका अध्यक्ष अर्जुन श्रेष्ठ ,पूर्व अध्यक्ष अमरेश बैदार, बरिष्ठ उपाध्यक्ष वीरबल चौधरी, उद्योग उपाध्यक्ष रामभक्त श्रेष्ठ, महिला उपाध्यक्ष राधा खड्का, महासचिव रामकुमार राज भण्डारी, सदस्य गोविन्द खड्का, सदस्य नवीन श्रेष्ठ तथा सिन्धुली उद्योग वाणिज्य संघ परिवार, सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटका अध्यक्ष अमरदीप देवकोटा, नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशका सचिव राजन गाउँले लगायतको उपस्थितमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
यस्तैगरि दिवसको अवसरमा कमलामाई नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि नगर प्रमुख उपेन्द्र पोखरेल, उपप्रमुख मन्जु देवकोटा लगायत १४ वटै वडाका अध्यक्ष तथा सदस्यहरूलाई सम्मान गरिएको छ ।
स्थापना दिवसको अवसरमै कमलामाई नगरपालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य संघ बिच मैत्रिपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो । त्यस्तै रक्तदान कार्यक्रम, सिन्धुली अस्पतालका बिरामीहरूलाई फलफूल बितरण र बक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरेको संघले जनाएको छ ।