हेटौंडा । नेपाल डेरी एसोसिएसनको अध्यक्षमा प्रल्हाद दाहाल चयन हुनुभएको छ ।
यही असार १० र ११ गते हेटौंडामा भएको २२औं वार्षिक साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशनबाट दाहालको नेतृत्वमा २८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । अध्यक्षमा निर्वाचित दाहाल यसअघि दाहालले एशोसिएसनमा तीन कार्यकाल महासचिव, एक कार्यकाल केन्द्रीय सदस्य र एक कार्यकाल उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
उहाँ हिमालयन डेरी एण्ड रिसर्च सेन्टर काभ्रेपलाञ्चोकका सञ्चालक र वाग्मती प्रदेश दुग्ध विकास बोर्डका सदस्य तथा राष्ट्रिय दुग्ध विकास बोर्डको सदस्य पनि हुनुहुन्छ ।
अन्य पदाधिकारी एवं सदस्यहरु :
१ प्रल्हाद दाहाल, अध्यक्ष
२ राधाकृष्ण सापकोटा, नि. अध्यक्ष
३ राजन चिमरिया, वरिष्ठ उपाध्यक्ष
५ दिप प्रसाद धमला, प्र. उपाध्यक्ष
६ रेशम बहादुर खड्का, तृतीय उपाध्यक्ष
७ कर्ण बहादुर हमाल, द्वितीय उपाध्यक्ष
८ मनोज कुमार घिमिरे, च. उपाध्यक्ष
९ हेमचन्द्र खनाल, महासचिव
१० विजय प्रसाद चौरसिया, उप महासचिव
११ दयाराम भण्डारी, कोषाध्यक्ष
१२ शिवहरी आचार्य, सचिव
१३ रामभक्त दाहाल, सह कोषाध्यक्ष
१४ शिव भुषाल, सह सचिव
१५ प्रेम प्रकाश पाठक, सदस्य
१६ निराजन काईराला, सदस्य
१७ दिवाकर क्षेत्री, सदस्य
१८ अशेष कुमार बुढाथोकी, सदस्य
१९ नविन प्रसाद चौरसिया, सदस्य
२० अर्जुन अधिकारी, सदस्य
२१ सुमन चिमरिया, सदस्य
२२ रमेश सञ्जेल, सदस्य
२३ भुवनेश्वर न्यौपाने, सदस्य
२४ पवन बास्तोला, सदस्य
२५ रविशरण थापा, सदस्य
२६ नवराज तिमिल्सिना, सदस्य
२७ शिव घिमिरे, सदस्य
२८ प्रकाश सामन्त, सदस्य
निर्वाचनका लागि शिवबहादुर कोइरालाको संयोजकत्वमा मेघराज भण्डारी र हिरा केसी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । नवनिर्वाचित कार्यसमितिलाई संस्थाका निवर्तमान अध्यक्ष राधाकृष्ण सापकोटा, पूर्वअध्यक्ष सुमित केडिया, सल्लाहकार मेघराज भण्डारी, सुरेश श्रेष्ठ र हिरा केसीले सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले नेपाल डेरी एसोसिएसनको महत्व दर्शाउँदै नयाँ टीमलाई सफलताको बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।नवनिर्वाचित अध्यक्ष दाहालले संस्थाका अग्रजहरुको साथ लिँदै समग्र डेरी क्षेत्रको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।