नुवाकोट । जिल्लाको १२ वटै पालिकामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ ।
जिल्ला सदरमुकाममा आइतबार आयोजना गरिएको माओवादी केन्द्र जिल्ला समन्वय समिति नुवाकोटको बिस्तारित बैठक तथा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई कार्यक्रममार्फत जिल्ला समन्वय समिति प्रमुख, मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष गरी १ सय ३१ जना सम्मानित हुनुभएको हो ।
कार्यक्रममा बेलकोटगढी नगरपालिकामा निर्वाचित मेयर जगतबहादुर गुरुङ (जगत लामा), पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ, दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा, विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी, पञ्चकन्याकी उपाध्यक्ष विमला केसी, दुप्चेश्वरकी माकुरी तामाङ, तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ, शिवपुरी गाउँपालिका उपाध्यक्ष वीरबहादुर तामाङलगायत सम्मानित हुनुभएको हो । यस्तै जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी पनि सम्मानित हुनुभएको थियो ।
सम्मान कार्यक्रममा प्रमुख अथिति पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद हितबहादुर तामाङ, विशेष अथिति संविधानसभा सदस्य माओवादी केन्द्रको केन्द्रकी केन्द्रीय सदस्य बिमला सुवेदी, माओवादी केन्द्र वाग्मती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, नुवाकोट जिल्ला संयोजक पुष्प लामिछानेलगायत नेताको उपस्थिति थियो । कार्यक्रममा नेताहरुले नयाँ जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामनासहित दिशानिर्देश गर्नुभएको थियो ।