न्युर्योर्क । स्याङ्जा समाज अमेरिकामा नयाँ नेतृत्व चयन भएको छ ।
संस्थापक अध्यक्ष वीरेन्द्र केसीकोसभापतित्वमा भएको समाजको दोस्रो अधिवेशनबाट विमला हमाल श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा दिनेश भण्डारी, उपाध्यक्षमा दिपक थापा, महासचिवमा शोभाकान्त पाण्डे, सचिवमा एन्सर्ज गुरुङ, सहसचिवमा सुदिप लामिछाने र कोषाध्यक्षमा अमरविक्रम अधिकारी चयन हुनुभएको छ ।
यस्तै महिला संयोजकमा विमला गुरुङ, युवा संयोजकमा, सांस्कृतिक संयोजकमा मधुर गिरी निर्वाचित भएको सचिव एन्सर्ज गुरुङले जानकारी दिनुभयो ।
सदस्यहरुमा खड्काजंग गुरुङ, सोनाम गुरुङ, गोविन्द केसी, रुद्रबहादुर केसी, मैना सेन बज्राचार्य, ढाकाराम खनाल, मोहन तिमिल्सिना र विष्णुप्रसाद अधिकारी रहनुभएको छ ।
वासिङटन स्टेट कमिसन, एसियन प्यासिफिक अमेरिकन रुपमा कार्यरत मोहन गुरुङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा संस्थाका सचिज भक्त केसीले उपस्थित सबैलाई स्वागत मन्तव्य राख्नुभएको थियो ।
यस्तै एनआरएनए आईसीसी अमेरिका उपाध्यक्ष दिलु पराजुली, महासचिव अञ्जनकुमार चौलागाईं, न्यूर्योर्क विद्युत् प्राधिकरणका निर्देशक सुर्य लम्साल, एनआरएनए आईसीसी सदस्य सञ्जीव श्रेष्ठ, सल्लाहकार पुरुषोत्तम पाण्डे, टेक्सस राज्यबाट प्रतिनिधित्व गरी सहभागी भएका सन्दिप लामिछानेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जिबी पन्थले नयाँ कार्यसमितिको कार्यकाल सफलताको लागि शुभकामना तथा बधाई ज्ञापन गरी कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।
नयाँ कार्यसमिति चयनका लागि ढिल्लु पराजुली नेतृत्वमा निर्वाचन मण्डल बनाइएको थियो । जसमा मनिता गुरुङ र तेज अर्याल सदस्य रहनुभएको थियो ।