काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ ।घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको हो ।
उपचारका लागि धुलिखेल अस्पताल ल्याइका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मंगलबार रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ सीमानामा बस दुर्घटना भएको थियो ।
घट्नास्थलमा मृत्यु हुने ९ जनाको सनाखत खुलेको छ । मृत्यु हुनेहरुमा १. ठुला तामाङ, (६० वर्ष) सुनापति–५ रामेछाप ।
२. समरिता तामाङ, (२६ वर्ष) सुनापति–४ रामेछाप ।
३. खड्क बहादुर बिक, (३६ वर्ष) सुनापति–५ रामेछाप ।
४. कमल तामाङ, (२५ वर्ष) रोशी गाउँपालिका–४ काभ्रे ।
५. सुदिप गजमेर, (१८ वर्ष) पाँचखाल–८ काभ्रे ।
६. बिपना तामाङ, (२२ वर्ष) सुनापति–५ रामेछाप ।
७. शुभलक्ष्मी मानन्धर, (६० वर्ष) मण्डन देउपुर गाउँपालिका–९ काभ्रे ।
८. सन्जु आले मगर, (३६ वर्ष) सुनापति–५ रामेछाप, खनियापनी ।
९. कुल बहादुर बिक, (४० वर्ष) पाँचखाल–८ काभ्रे ।
मृत्यु हुने ४ जनाको भने सनाखत हुन बाँकी रहेको छ । घाईते २१ जनाको उपचार भईरहेको छ ।