काठमाडौं । नेपालमा आगामी तीन दिन पनि पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको बिहीबार बिहान ६ बजे सार्वजनिक बुलेटिनअनुसार शनिबारसम्मै विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रहसमेत गरिएको छ । अहिले प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
यस्तो छ तीन दिनको मौसम
२०७९ साउन ५ गते (बिहीबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र प्रदेश १का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७९ साउन ६ गते (शुक्रबार)
दिउँसोः देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
२०७९ साउन ७ गते (शनिबार)
दिउँसोः देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदूर पश्चिम र प्रदेश १का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।