काठमाडौं। राष्ट्रिय युवा परिषद्का अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकको अध्यक्षतामा ६५७ सदस्यीय अन्तर्राष्ट्रिय युवा दिवस मुल समारोह आयोजक समिति गठन भएको छ। ,अन्तरपुस्ताको एक्यवद्धता : सवै उमेर समुह मैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता, भन्ने मुल नाराका साथ अगस्ट १२ मा विश्वब्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइंदैछ।
विहिवार युवा तथा खेलकुद मन्त्रालयमा महत्त्वपूर्ण सरोकारवाला एवम् विभिन्न क्षेत्रका युवा केन्द्रित संघसंस्था र प्रतिनिधिहरुको उपस्थितिमा आयोजित वृहत् भेलावाट मुल समारोह समिति वनाइएको हो।
समितिमा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत सहित सवै सदस्यहरु , नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी वलका प्रतिनिधि , राष्ट्रिय खेलकुद परिषद , युवा स्वरोजगार कोष र नेपाल स्काउटका प्रतिनिधि रहनेछन् ।
यस्तै विभिन्न युवा तथा विद्यार्थी संघ संगठनका प्रतिनिधि , परिषद सम्वद्ध युवा सञ्जालका प्रतिनिधि, परिषद आवद्ध संघसंस्थाका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि समेत रहनेछन् ।
आगामी श्रावण २७ गते हुने अन्तर्राष्ट्रिय युवा दिवसलाई सप्ताब्यापी कार्यक्रमका साथ भब्य रुपमा मनाउन सो समिति वनाइएको परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभो । यसैगरी परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको संयोजकत्वमा सचिवालय समेत गठन गरिएको छ।
युवाका मुद्दा र सवाललाई सम्वोधन गर्ने अभिप्रायले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउँदै आइएको छ। विश्वका विभिन्न देशका युवा विषय हेर्ने मन्त्रीहरुको सम्मेलनको शिफारिश अनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औं साधरण सभाले अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने घोषणा गरेको हो।
यो घोषणासंगै अन्तर्राष्ट्रिय युवा दिवसलाई विश्वभर युवा जागरण , सशक्तीकरण लगायतका विविध कार्यक्रम गर्दै भब्य रुपमा मनाउने प्रचलन छ। नेपालमा पनि हरेक वर्ष युवा मन्त्रालय , राष्ट्रिय युवा परिषद र विभिन्न संघसंस्थाले युवा दिवस विविध कार्यक्रमका साथ मनाउने गरेको षरिषदकी उपसचिव चन्द्रा थापाले वताउनुभयो ।