काठमाडौं । नेपालमा मंगलबार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिन अनुसार दिउँसो प्रदेश १ र राति लुम्बिनी तथा सुदूरपश्चिममा भारी वर्षाको सम्भावना देखाएको हो ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
२०७९ साउन १० गते (मंगलबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
२०७९ साउन ११ गते (बुधबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७९ साउन १२ गते (बिहीबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का थोरै स्थानहरुका साथै मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित चट्याङ्गसहित मध्यम वर्षाको साथै प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उक्त भू-भागहरुमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।