काठमाडौं । एमाले औपचारिक विभाजन भई माधव नेपालको नेतृत्वमा नेकपा एकिकृत समाजवादी गठन भए पछि मातहतका संगठन र कमिटीहरुमा तिब्र ध्रुविकरण चलिरहेको छ । सर्वोच्च अदालतको आदेशसंगै नेकपा विघठन भै पूर्ववत एमाले र माओवादी केन्द्र व्यूँतिए पछि एमाले अध्यक्ष केपी ओलीको दकमप्रति असन्तुष्ट झलनाथ खनाल र माधव नेपाल पक्षले देशभर समानान्तर संगठन बनाएर गतिविधी गरिरहेका थिए ।
लामो समय एकताको लागि प्रयास बावजुद एमाले एक रहन सकेन र भाद्र २ गते माधव समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिए । आयोगले आवश्यक प्रक्रिया पुरा गरी भाद्र ९ गते दल दर्ताको प्रमाण पत्र थमाए पछि एमाले आवद्ध संघ संगठन र जनप्रतिनिधिहरुले औपचारिक रुपमा दल रोज्ने क्रम चलिरहेको छ ।
आयोगले नेपाल नेतृत्वको एकिकृत समाजवादीलाई दर्ता प्रमाणपत्र संगै एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुलाई दल रोज्नका लागि भाद्र २२ गतेसम्म समयावधि तोकेका थिए । आयोगले प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिलाई प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्न भनिएको छ । सोही बमोजिम एमालेका जनप्रतिनिधिहरु दल रोज्दै सनाखत गर्ने क्रम चलिरहेको छ ।
प्रदेश दुइ र सुदुरपश्चिम प्रदेशमा एमाले भन्दा एकिकृत समाजवादी ठूलो दल
जनप्रतिनिधीलाई निर्वाचन आयोगले दल रोज्न तोकेको समय मंगलबार सकिंदैछ । अधिकांशले निर्वाचन कार्यालयमा गएर सनाखत गरी दल रोजिसकेका छन् । हालसम्मको अवस्था हेर्दा दुईवटा प्रदेशसभामा एमाले भन्दा नव गठित एकिकृत समाजवादी दल ठूलो बनेको छ ।
प्रदेश दुईमा एमालेको कूल २१ सांसद रहेकोमा १३ जना एकिकृत समाजवादीमा खुलेको छ । यस अघि १० जनाले निर्वाचन कार्यालयमा एसको पक्षमा सनाखत गरिसकेका थिए भने आईतवार थप दुई जनाले जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका छन् । एकजना भारतमा उपचाररत रहेको र दुतावासमार्फत सनाखतको प्रक्रियमा रहेकोले त्यो समेत १३ जना नेकपा (एस)मा संलग्न हुने श्रोतले जनाएको छ । एमालेमा आठजना सांसद्मात्र बाँकी रहेपछि १३ सांसद्सहित् एस ठूलो दल बनेको हो ।
प्रदेश दुई पछि सुदुरपश्चिम प्रदेशसभामा पनि एमाले भन्दा नेकपा (एस) नै ठूलो दल बनेको छ । सभामुखबाहेक २४ सांसद् रहेको यस प्रदेशसभामा १३ जनाले नेकपा (एस) को पक्षमा सनाखत गरेका छन् । यस अघि दस सांसदले नेकपा (एस) को पक्षमा सनाखत गरेकोमा आइतवार थप तीनजनाले एमाले छाडेर नेकपा (एस) को पक्षमा सनाखत गरे पछि उक्त संख्या १३ पुगेको हो । अव एमाले दलमा ११ सांसद् मात्र बाँकि रहेका छन् ।
दुइ प्रदेशमा एमाले भन्दा ठूलो बनेको नेकपा (एस) गण्डकी प्रदेशसभामा भने शून्य भएको छ । लुम्बिनी प्रदेशसभामा एक जनाले मात्र नेकपा (एस) रोजेको छ भने प्रदेश एक, वाग्मती र कर्णाली प्रदेशसभामा एमालेले बहुमत रहेको
सात प्रदेशमा कस्को कति ?
प्रदेश १
नेकपा एमाले-४१
नेकपा एस-१०
प्रदेश २
नेकपा एमाले-८
नेकपा एस-१३
वागमती प्रदेश
नेकपा एमाले-४२
नेकपा एस-१३
गण्डकी प्रदेश
नेकपा एमाले-२७
नेकपा एस-०
लुम्बिनी प्रदेश
नेकपा एमाले-३६
नेकपा एस-१
कर्णाली प्रदेश
नेकपा एमाले-१२
नेकपा एस-३
सुदूरपश्चिम प्रदेश
नेकपा एमाले-११
नेकपा एस-१३