सिन्धुली । विशाल–कुमार १७ औं स्मृति दिवस तथा नेकपा (माओवादी केन्द्र)को मरिण गाउँपालिकामा विभिन्न संगठनमा नयाँ नेतृत्व चयन कार्यक्रम आइतबार सम्पन्न गरिएको छ । माओवादी केन्द्र मरिणका अध्यक्ष गोपाल बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेल रहनुभएको थियो । कार्यक्रममा विशाल–कुमारको फोटोमा माल्यार्पण गरिएको थियो ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री गजुरेलले सहिदले देखाएको बाटो हिँड्नु आफूहरुको दायित्व भएको बताउनुभयो । उहाँले मरिण माओवादीको किल्ला भएकाले नागरिकलाई अन्य पार्टीको जस्तो व्यवहार नदेखाउन पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो ।
जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)ले माओवादी केन्द्र पहिले र अहिले पनि पहिलो पार्टी नै भएको दाबी गर्नुभयो । उहाँले संगठन बनाएर माओवादी केन्द्र अघि बढ्नु पर्ने भन्दै अब माओवादी केन्द्रका भ्रातृ संगठनमा आबद्ध सबैलाई उर्जाको साथ अघि बढ्न आग्रह गर्नुभयो ।
स्मृति दिवस तथा पार्टीको विभिन्न संगठन विस्तार कार्यक्रममा वाग्मती प्रदेश सदस्य बसन्त माझी, माओवादी केन्द्रका जिल्ला संयोजक रामकुमार पौडेल, माओवादी केन्द्र सिन्धुलीका स्कुल विभाग प्रमुख पुकार न्यौपाने, मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन, सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल, मरिणका प्रवक्ता प्रख्यात मोक्तानलगायत सहभागिता रहेको थियो ।
विशाल (शेरमान कुँबर) सिन्धुलीको मरिण गाउँपालिका ७ नम्बर वडामा जन्मिनुभएको थियो । कुमार (मोहनचन्द्र गौतम) सिन्धुलीको घ्याङलेख गाउँपालिका १ नम्बर वडामा जन्मिनुभएको हव । सहिद कुमार माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्थयो । दुबैको २०६१ भदौ २० गते सिराहाको धन्छावरमा तत्कालीन शाही सेनाले हत्या गरेको थियो ।
आइतबार माओवादी केन्द्र मरिण गाउँपालिकाअन्तगत जनवर्गीय संगठनको शपथग्रहण कार्यक्रम पनि सम्पन्न भएको छ । वाईसिएल, अखिल नेपाल ट्रेड युनियन महासंघ मरिण, अखिल नेपाल महिला संघ मरिण, अखिल नेपाल किसान महासंघ मरिणको नयाँ कार्यसमितिले शपथ ग्रहण गरेका हुन् ।
वाईसिएलमा बम्जन
मरिण गाउँपालिकाको वाईसिएल कमिटी पनि गठन गरिएको छ । सोमबहादुर बम्जनको अध्यक्षतामा ६८ सदस्यीय कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा अशोक बम्जन, सचिव टिकाराम स्याङ्तान, कोषाध्यक्ष बिर्ख मोक्तान, सहसचिवमा सागर थिङ हुनुभएको छ ।
त्यस्तै अखिल नेपाल ट्रेड युनियनको महांसंघ मरिणको अध्यक्षतामा सागर गुर्माछान चयन हुनुभएको छ । उपाध्यक्षतामा रुपक अस्तानी, सचिव बेनीबहादुर मोक्तान, कोषाध्यक्ष दिनेश माझी र सहसचिवमा लहरमान माझीसहित ४८ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
आइतबार नै सुनिता माझीको नेतृत्वमा अखिल नेपाल महिला संघ गठन गरिएको छ । उपाध्यक्षमा लक्ष्मी मगर, सचिव शर्मिला माझी, कोषाध्यक्ष डम्बरकुमारी गुर्माछान र सहसचिवमा अबिना बिकसहित ४८ सदस्यीय कार्यसमिति गठन गरिएको छ । त्यस्तै मरिणमै रमेश पुलामी मगरको नेतृत्वमा अखिल नेपाल किसान महासंघको नयाँ कार्यसमिति चयन गरिएको छ । उपाध्यक्ष सिताराम बिक, सचिवमा पूर्णबहादुर माझी, सहसचिवमा शेरबहादुर योन्जनसहित ५३ सदस्यीय कार्यसमिति चयन गरिएको माओवादी केन्द्र मरिण गाउँपालिकाले जनाएको छ ।