काठमाडौं । हाल देशभर उत्तल पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको हुँदा काठमाडौं । नेपालको ५ प्रदेशका धेरै स्थानमा वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर सामान्य देखि पूर्णतया वदली रही प्रदेश नं १,प्रदेश नं २, वाग्मती,गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरुमा तथा बाँकी प्देशका एक दुई स्थानहरुमा मेघ गर्जन ÷ चट्याङ्ग हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
काठमाडौंको सिनामंगल क्षेत्रमा पनि रातभर परेको वर्षाले स्थानिय खोला बढेको हुँदा डुवान भएको छ । रातको २ बजे नेपाल बाढीले सूचना जारी गर्दे सिन्धुलीको हरिहरपुरगढी र आसपास पछिल्लो ६ घण्टा भारी वर्षामापन भएकोले कोखाजोरखोला लगायतका स–साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने, तटिय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउँन आग्रह गरिएको छ ।
यस्तै वाग्मती नदी खोकना स्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटिय क्षेत्रमा रहनुहुनेहरुले आज दिउँसो सम्मै उच्च सतर्कता अपनाउँन भनिएको छ ।
हाल काठमाडौँ उपत्यकाको वाग्मती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टा देखि बर्षा भइरहेको र थप हुने रहेकोले,उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्दो हुने,केहि साना नदी–नालाको पानी सडक किनार सम्म आउन सक्छ, किनारको सडक भई यात्रा गर्दा सतर्कता अपनाउँन उल्लेख गरिएको छ ।
२४ घण्टासम्म देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुको साथै प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ भाद्र २१ गते (सोमबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
२०७८ भाद्र २२ गते (मंगलबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । रातीः देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिमका धेरै र बाकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७८ भाद्र २३ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातीः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।