नुवाकोट । नेपाली कांग्रेस नुवाकोट पञ्चकन्या गाउँपालिका ३ को सभापतिमा हरिबहादुर पाठक सर्वसम्मत चयन हुनुभएको छ ।
१४ औं महाधिवशनअन्तर्गत सोमबार कार्कीगाउँमा भएको भेलाले पाठकको नेतृत्वमा २३ सदस्य कार्यसमिति र ९ जना क्षेत्रीय प्रतिनिधि चयन भएको नवनिर्वाचित सचिव अमरसिंह थापाले जानकारी दिनु भयो । भेलामा कांग्रेस पञ्चकन्या गाउँपालिकाका संयोजक प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कार्यसमितिको विवरण यस प्रकार रहेको छ
- सभापति : हरिबहादुर पाठक
- उपसभापति : दिवाकर कुँवर
- उपसभापति : जीवन थापा
- सचिव : अमरसिंह थापा
- सचिव : रामकुमार तामाङ
- सहसचिव : सुपरस्टार थापा
- सहसचिव : राज कार्की
- कोषाध्यक्ष : पछि चयन गरिने
- सदस्यहरुमा,
- हेमबहादुर भण्डारी
- तुलाबहादुर थापा
- धर्मराज थापा
- प्रशान्त भण्डारी
- हरिचन्द्र थापा
- मिलन थापा
- ईश्वरी अधिकारी
- सविना तामाङ
- शिवहरि थापा
- महेन्द्रबहादुर कार्की
- लालबहादुर तामाङ
- रामकुमार भण्डारी
- नवीन पण्डित
- प्रकाश भण्डारी
- लुम्बडीबहादुर पण्डित
- सरोज थापा
यसैगरी पञ्चकन्या गाउँपालिका वडा नं ४ थप्रेकको अधिवेशनबाट प्रकाशचन्द्र पण्डितको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ । थप्रेकमा भएको भेलामा पञ्चकन्या गाउँपालिका उपाध्यक्ष सीता खड्काले सभापति पण्डितसहित नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।



पञ्चकन्याको वडा नम्बर ५ मा डिल्लीबहादुर थापा (मधु) सभापतिमा चयन हुनुभएको छ ।
शिवपुरी गाउपाँलिका वडा नं ४ गाउँ इकाई वडा कमिटीमा प्रथम महिला सभापतिको रुपमा मन्जु तामाङ निर्वाचित हुनुभएको छ ।

शिवपुरी गाउँपालिका वडा नं २ छापमा रुद्रबहादुर गुरुङ सभापति हुनुभएको छ । भेलामा जिल्ल समन्वय समितिकी उपप्रमुख अप्सरा थापाको प्रमुख आतिथ्यमा निर्वाचन अधिकृत सुरेन्द्र लामा र सम्पूर्ण क्रियाशील सदस्यहरुको उपस्थितिमा ईकाई समिति सर्वसम्मत चयन गरिएको छ ।
प्राप्त जानकारी अनुसार निर्वाचित हुनेहरुमा इकाई सभापति रुद्रबहादुर गुरुङ, उपसभापतिद्वय चक्रबहादुर तामाङ, प्रेमबहादुर तामाङ, सचिव राजु थापा, नवराज श्रेष्ठ हुनुहुन्छ ।