काठमाडौं । तामाङ समुदायको सर्वोच्च संस्था नेपाल तामाङ घेदुङको संघीय भवन (ग्रेन गे दिन) खरिदका लागि आर्थिक संकलन अभियान सुरु भएको छ ।
महाराजग्नजको एक होटलमा शुक्रबार रात्रिभोजसहितको समारोह आयोजना गरेर घेदुङले भवन खरिद आर्थिक संकलन अभियान घोषणा गरेको हो । अभियान उद्घाटन अतिथिहरु र सहभागीले ब्यानर पढेर गरिएको थियो ।
काठमाडौंको चुच्चे पार्टीको लाहुरेटोलमा सात आना जग्गामा रहेको ४ तले २८ कोठाको घर घेदुङद्वारा संचालित घेदुङ बहुउदेश्य सहकारी संस्था लिमिटेडको नाममा पास गरिएको थियो । सहकारीको नाममा रहेको भवन अब घेदुङले खरिद गर्नेछ । त्यसका लागि घेदुङले ६ करोड ७० लाख रकम उपलब्ध गराउनुपर्ने छ ।
औपचारिक कार्यक्रममै शुक्रबार घेदुङको तर्फबाट वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोनले घेदुङ बुहुउद्देश्य सहकारी संस्थाका प्रतिनिधि तथा सहअध्यक्ष कुमारसिंह घिसिङलाई १८ लाख रुपैयाँको चेक हस्तान्तर गरेर बैनापट्टा गर्नुभएको छ ।
सहअध्यक्ष घिसिङले २०७४ सालमा भएको पाँचौं महाधिवेशनदेखि घेदुङको भवन निर्माण सवाल उठे पनि विभिन्न समस्याका कारण बल्ल भवन खरिद प्रक्रियाले मूर्तरुप लिएको बताउनुभयो । उहाँले नवौं महाधिवेशनको संघारमा पनि सातैवटा प्रदेशमा घेदुङका प्रतिनिधिहरुसँग भेटघाट हुँदा धेरैको इच्छा र चाहना घेदुङ घर भएकोले अहिलेको कार्यसमितिको मुख्य उद्देश्य यही बनेको प्रस्ट्याउनुभयो ।
सहअध्यक्ष घिसिङको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन सहसंयोजक रहेको आर्थिक संकलन समिति गठन गरिएको छ । सातै प्रदेश र ३ सयभन्दा धेरै स्थानीय तहमा घेदुङको शाखा रहेका छन् । यस्तै २४ वटा देशमा घेदुङको शाखा तथा तामाङसम्बन्धी संघ संस्था रहेका छन् ।
घेदुङका संघीय अध्यक्ष मोहन गोलेले अभियानको अवधारणा प्रस्तुत गर्नुहुँदै झण्डै २० लाख जनसंख्या रहेको तामाङ समुदायको सर्वोच्च संस्थाको आफ्नै भवन नहुँदा धेरै गुनासाहरु आएकोले अब भने केही हदसम्म भए पनि सपना साकार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भवन खरिदका लागि आवश्यक रकम आगामी चैतभित्र संकलन गरिसक्ने, यदी चैतसम्ममा ७ करोड रुपैयाँ जम्मा नभएको खण्डमा सो भवन सहकारीकै रहने र उठेको रकमको आधारमा घेदुङले अर्को भवन किन्ने जानकारी गराउनुभयो ।
कार्यक्रमै विभिन्न व्यक्तिहरुले नगद तथा चेकमार्फत सहयोग प्रदान गरेका थिए । अतिथिलगायतले सहयोगको प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा घेदुङका पूर्वअध्यक्ष, अन्तर्राष्ट्रिय तामाङ परिषद्का संस्थापक अध्यक्ष एवं सल्लाहकार परशुराम तामाङ, पूर्वमन्त्री संघीय सांसद हितबहादुर तामाङ, पूर्वमन्त्री दावा तामाङ, पूर्वमन्त्री दिलमान पाख्रिन, वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ, पूर्वमन्त्री परशुराम तामाङ, रेशम तामाङ, मानवशास्त्री डा मुक्तसिंह लामा, कबेलबहादुर लामा, भीमबहादुर तामाङ, घेदुङका कानुन सल्लाहकार डा कुन्साङ योञ्जन, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, पूर्वसचिव प्रतिक तामाङ, तामाङ गुठीका अध्यक्ष खड्गजीत लामा, उद्योगपति, व्यवसायी, समाजसेवी, शुभेच्छुक, धर्मगुरुलगायतको उपस्थिति थियो ।
सहयोग घोषणाको पूर्ण विवरण
१. कुयाङ लामा (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. १०,००,०००/–
२. परशुराम तामाङ (पूर्व अध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. २,००,०००/–
३. भीमबहादुर गोले (सल्लाहकार, नेपाल तामाङ घेदुङ) रु. २,००,०००/–
४. सुभाष लामा (सङ्घीय सदस्य, नेपाल तामाङ घेदुङ) रु. १,५५,५५५/–
५. लिला घलान (अध्यक्ष, बागमती प्रदेश) रु. १,११,१११/–
६. डा. संग्राम सिंह लामा (सल्लाहकार, नेपाल तामाङ घेदुङ) रु. १,११,१११/–
७. बि. बि. लामा (उपाध्यक्ष, आइटिसी–हाल इजरायल) रु. १,११,१११/–
८. पाल्देन योन्जन (अध्यक्ष, नेपाल तामाङ लामा घेदुङ) रु. १,०५,५५५/–
९. दीलमान पाख्रिन (पूर्व मन्त्री तथा सल्लाहकार) रु. १,०५,०००/–
१०. रामभक्त बोम्जन (पूर्व सचिवालय सदस्य, नेपाल तामाङ घेदुङ) रु. १,०५,०००/–
११. जगतमान दोङ (उपमहासचिव, नेपाल तामाङ घेदुङ) रु. १,०१,१०१/–
१२. दावा गोले तामाङ (पूर्व मन्त्री तथा सल्लाहकार) रु. १,०१,१००/–
१३. प्रेम लो (पूर्व अध्यक्ष, संस्कृति घेदुङ) रु. १,००,००१/–
१४. रोजी मोक्तान (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ इजरायल) रु. १,००,००१/–
१५. सोमबले तामाङ (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. १,००,०००/–
१६. मोहन गोले तामाङ (अध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. १,००,०००/–
१७. रुप बहादुर योन्जन (कोषाध्यक्ष, नेपाल तामाङ घेदुङ रु. १,००,०००/–
१८. हिरालाल दोङ (सङ्घीय सदस्य, नेपाल तामाङ घेदुङ) रु. ५५,५५५/–
१९. नर बहादुर मोक्तान (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. ५५,०००/–
२०. रमेश तामाङ (विश्व मैत्री करुणा शान्ति अभियान अध्यक्ष) रु. ५५,०००/–
२१. बेल बहादुर लुङ्बा (सचिव, नेपाल तामाङ घेदुङ) रु. ५३,३५५/–
२२. बिलाम मुक्तान (अध्यक्ष, युवा घेदुङ) रु. ५२,२२२/–
२३.यमलाल गोले (अध्यक्ष, मधेश प्रदेश) रु. ५१,१११/–
२४. धर्म बहादुर डुम्जन (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. ५१,०००/–
२५. रुपक वाईबा तामाङ (ता. एकता समाज, साउदी अरब) रु. ५०,१००/–
२६. मा. राधिका तामाङ (उपसभामुख, बागमती प्रदेश) रु. ५०,०००/–
२७. प्रतीक ङेसुर (पूर्व सचिव, नेपाल तामाङ घेदुङ) रु. ५०,०००/–
२८. पर्शुराम वाईबा (पूर्व मन्त्री तथा सल्लाहकार) रु. ५०,०००/–
२९. दीपक वाईबा तामाङ (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. ५०,०००/–
३०.बिना मम्बा तामाङ (सचिव, नेपाल तामाङ घेदुङ) रु. ५०,०००/–
३१. सुर्यमान तामाङ (पूर्व केन्द्रीय सदस्य, नेपाल तामाङ घेदुङ) रु. ५०,०००/–
३२. गोमान सिंह लामा (सचिव, नेपाल तामाङ घेदुङ) रु. ४३,१११/–
३३. कवेल बहादुर लामा (सल्लाहकार, नेपाल तामाङ घेदुङ) रु. ४०,०००/–
३४. रोसनी ब्लोन (नायिका, तामाङ चलचित्र) रु. ३१,०००/–
३५. सीता गोले (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. २५,५००/–
३६. संगीता तामाङ (अध्यक्ष, महिला घेदुङ) रु. २५,५००/–
३७. लामा घ्याछो रिम्पोचे (अध्यक्ष, बुद्धिष्ट वल्र्ड पिस फाउण्डेसन) रु. २५,००५/–
३८. विष्णु मोक्तान (पूर्व अध्यक्ष, तामाङ पत्रकार संघ) रु. २५,५००/–
३९. लक्ष्मी योन्जन (पूर्व केन्द्रीय सदस्य, नेपाल तामाङ घेदुङ) रु. २१,०००/–
४०. उषा वाईबा (सङ्घीय सदस्य, नेपाल तामाङ घेदुङ) रु. २०,०००/–
४१. दिल बहादुर थोकर (पूर्व अध्यक्ष, तामाङ चिकित्सक समाज) रु. १५,०००/–
४२. सुजेन्द्र गोले (सल्लाहकार, नेपाल तामाङ घेदुङ) रु. १५,०००/–