काठमाडौं । नेपाल तामाङ घेदुङको संघीय भवन (ग्रेन गे दिन) खरिदका लागि थालिएको आर्थिक संकलन अभियानको दुई दिनमै ६५ लाखको घोषणा भएको छ ।
काठमाडौंमा शुक्रबार आयोजित बृहत् कार्यक्रममा घोषणा गरिएको सहयोग संकलन अभियानको दिन र शनिबारसम्म गरी ६५ लाख रुपैयाँको हाराहारीमा सहयोगको प्रतिबद्धता आइसकेको आर्थिक संकलन समितिका अध्यक्ष एवं नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमारसिंह घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार घोषणामध्ये ५ लाख रुपैयाँ जति नगद नै संकलन भइसकेको छ ।
समिति अध्यक्ष घिसिङले यो अभियान निरन्तर अघि बढाउने र आउँदो २/३ महिनाको परिणाम हेरेर थप रणनीति बनाउने योजना रहेको जानकारी दिनुभयो । वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन सहसंयोजक आर्थिक संकलन समिति रहनुएको छ । यो समितिले देश विदेशमा सहयोगको पहल गर्नेछ । सातै प्रदेश र ३ सयभन्दा धेरै स्थानीय तहमा घेदुङको शाखा रहेका छन् । यस्तै २४ वटा देशमा घेदुङको शाखा तथा तामाङसम्बन्धी संघ संस्था रहेका छन् ।
काठमाडौंको चुच्चे पार्टीको लाहुरेटोलमा ७ आना जग्गामा रहेको ४ तले २८ कोठाको घर घेदुङद्वारा संचालित घेदुङ बहुउदेश्य सहकारी संस्था लिमिटेडको नाममा पास गरिएको थियो । सहकारीको नाममा रहेको भवन अब घेदुङले खरिद गर्नेछ । त्यसका लागि घेदुङले ६ करोड ७० लाख रकम उपलब्ध गराउनुपर्ने छ ।
औपचारिक कार्यक्रममै शुक्रबार घेदुङको तर्फबाट वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोनले घेदुङ बुहुउद्देश्य सहकारी संस्थाका प्रतिनिधि तथा सहअध्यक्ष कुमारसिंह घिसिङलाई १८ लाख रुपैयाँको चेक हस्तान्तर गरेर बैनापट्टा गर्नुभएको छ ।
समितिले १ हजार रुपैयाँदेखि माथि सहयोग लिने बताएको छ । सहयोगको भोलुम हेरेर विभिन्न सहयोगदाताको नाममा फ्लाटको नामाकरण गर्ने, संस्थागत परिचय खुल्ने बोर्डहरु राख्ने, शिलालेखमा नाम राखिने लगायत स्किम रहेको संघीय अध्यक्ष मोहन गोलेले जानकारी गराउनुभएको छ । उहाँका अनुसार यो अभियान आगामी चैत १ गतेसम्म रहनेछ । अध्यक्ष गोलेले भने अहिलेसम्म ७० लाखको घोषणा भइसकेको र २२ लाख जति उठिकसेको जानकारी दिनुभयो ।
सहयोग घोषणाको प्रारम्भिक विवरण
१. कुयाङ लामा (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. १०,००,०००/–
२. परशुराम तामाङ (पूर्व अध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. २,००,०००/–
३. भीमबहादुर गोले (सल्लाहकार, नेपाल तामाङ घेदुङ) रु. २,००,०००/–
४. सुभाष लामा (सङ्घीय सदस्य, नेपाल तामाङ घेदुङ) रु. १,५५,५५५/–
५. लिला घलान (अध्यक्ष, बागमती प्रदेश) रु. १,११,१११/–
६. डा. संग्राम सिंह लामा (सल्लाहकार, नेपाल तामाङ घेदुङ) रु. १,११,१११/–
७. बि. बि. लामा (उपाध्यक्ष, आइटिसी–हाल इजरायल) रु. १,११,१११/–
८. पाल्देन योन्जन (अध्यक्ष, नेपाल तामाङ लामा घेदुङ) रु. १,०५,५५५/–
९. दीलमान पाख्रिन (पूर्व मन्त्री तथा सल्लाहकार) रु. १,०५,०००/–
१०. रामभक्त बोम्जन (पूर्व सचिवालय सदस्य, नेपाल तामाङ घेदुङ) रु. १,०५,०००/–
११. जगतमान दोङ (उपमहासचिव, नेपाल तामाङ घेदुङ) रु. १,०१,१०१/–
१२. दावा गोले तामाङ (पूर्व मन्त्री तथा सल्लाहकार) रु. १,०१,१००/–
१३. प्रेम लो (पूर्व अध्यक्ष, संस्कृति घेदुङ) रु. १,००,००१/–
१४. रोजी मोक्तान (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ इजरायल) रु. १,००,००१/–
१५. सोमबले तामाङ (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. १,००,०००/–
१६. मोहन गोले तामाङ (अध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. १,००,०००/–
१७. रुप बहादुर योन्जन (कोषाध्यक्ष, नेपाल तामाङ घेदुङ रु. १,००,०००/–
१८. हिरालाल दोङ (सङ्घीय सदस्य, नेपाल तामाङ घेदुङ) रु. ५५,५५५/–
१९. नर बहादुर मोक्तान (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. ५५,०००/–
२०. रमेश तामाङ (विश्व मैत्री करुणा शान्ति अभियान अध्यक्ष) रु. ५५,०००/–
२१. बेल बहादुर लुङ्बा (सचिव, नेपाल तामाङ घेदुङ) रु. ५३,३५५/–
२२. बिलाम मुक्तान (अध्यक्ष, युवा घेदुङ) रु. ५२,२२२/–
२३.यमलाल गोले (अध्यक्ष, मधेश प्रदेश) रु. ५१,१११/–
२४. धर्म बहादुर डुम्जन (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. ५१,०००/–
२५. रुपक वाईबा तामाङ (ता. एकता समाज, साउदी अरब) रु. ५०,१००/–
२६. राधिका तामाङ (उपसभामुख, बागमती प्रदेश) रु. ५०,०००/–
२७. प्रतीक ङेसुर (पूर्व सचिव, नेपाल तामाङ घेदुङ) रु. ५०,०००/–
२८. पर्शुराम वाईबा (पूर्व मन्त्री तथा सल्लाहकार) रु. ५०,०००/–
२९. दीपक वाईबा तामाङ (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. ५०,०००/–
३०.बिना मम्बा तामाङ (सचिव, नेपाल तामाङ घेदुङ) रु. ५०,०००/–
३१. सुर्यमान तामाङ (पूर्व केन्द्रीय सदस्य, नेपाल तामाङ घेदुङ) रु. ५०,०००/–
३२. गोमान सिंह लामा (सचिव, नेपाल तामाङ घेदुङ) रु. ४३,१११/–
३३. कवेल बहादुर लामा (सल्लाहकार, नेपाल तामाङ घेदुङ) रु. ४०,०००/–
३४. रोसनी ब्लोन (नायिका, तामाङ चलचित्र) रु. ३१,०००/–
३५. सीता गोले (उपाध्यक्ष, नेपाल तामाङ घेदुङ) रु. २५,५००/–
३६. संगीता तामाङ (अध्यक्ष, महिला घेदुङ) रु. २५,५००/–
३७. लामा घ्याछो रिम्पोचे (अध्यक्ष, बुद्धिष्ट वल्र्ड पिस फाउण्डेसन) रु. २५,००५/–
३८. विष्णु मोक्तान (पूर्व अध्यक्ष, तामाङ पत्रकार संघ) रु. २५,५००/–
३९. लक्ष्मी योन्जन (पूर्व केन्द्रीय सदस्य, नेपाल तामाङ घेदुङ) रु. २१,०००/–
४०. उषा वाईबा (सङ्घीय सदस्य, नेपाल तामाङ घेदुङ) रु. २०,०००/–
४१. दिल बहादुर थोकर (पूर्व अध्यक्ष, तामाङ चिकित्सक समाज) रु. १५,०००/–
४२. सुजेन्द्र गोले (सल्लाहकार, नेपाल तामाङ घेदुङ) रु. १५,०००/–
४३. कुमार थोकर तामाङ (सफल व्यवसायी) रु. ५०,०००/–