नुवाकोट । नेपाली कांग्रेस नुवाकोट दुप्चेश्वर गाउँपालिका ३ को सभापतिमा विकास केसी सर्वसम्मत चयन हुनुभएको छ ।
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार भएको भेलाबाट दुप्चेश्वर ३ मा केसीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । सभापातिमा केसी, दुई उपसभापतिमा रामकुमार थापा, सुवास थिङ लामा, सचिवहरुमा सन्जाबहादुर तामाङ, भद्रबहादुर मोक्तान, सहसचिवहरुमा रमेश केसी, महेश्वर पण्डित चयन हुनुभएको छ ।
यस्तै क्षेत्रीय प्रतिनिधिमा ध्रुवकर केसी, तीर्थ तामाङ, विनोदकुमार लामा, चुँडाबहादुर मोक्तान, रेन्जेन मोक्तान, डा केदारनरसिंह केसी, सरोज केसी, पूर्णबहादुर तामाङ, सबिना तामाङ, शैली तामाङ, कुमाल घर्ती, ज्योति खड्का केसी, जनुका थापा, कुमार खड्का, कुमार सुनुवार, राजकुमार केसी सदस्यमा आर्यन तामाङलगायत चयन गरिएको छ ।