मकवानपुर । मकवानपुरका विभिन्न १० वटा स्थानीय तहका ३९ जना जनप्रतिनिधिले एमाले छोडी नेकपा एकीकृत समाजवादीमा सनाखत गरिएको छ । सनाखतका लागि मंगलबार अन्तिम दिनसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका उपप्रमुख, पालिकाका प्रमुख, वडाध्यक्ष, सदस्यलगायत ३९ जनप्रतिनिधि एकीकृत समाजवादीमा लाग्नु भएको हो ।
सनाखतको अन्तिम दिन मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडा पुगेर चार जनाले एकीकृत समाजवादीमा सनाखत गरिएको हो । मंगलबार सनाखत गर्नेहरूमा हेटौंडा उपमहानगरपालिका वडा नम्बरऔ१३ का वडा सदस्य सन्तबहादुर तितुङ, मनहरी–९ का वडा सदस्य गंगा सुनार, कैलाश गाउँपालिका वडा नम्बर–५ का वडा सदस्य बेलबहादुर तितुङ र कैलाश–९ का वडा सदस्य लालीमाया भुलुन रहनु भएको छ ।
यसअघि सोमबार इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामा, हेटौंडा उपमहानगरपालिका कार्यपालिकी सदस्य कल्पना विक, हेटौंडा–१ का सदस्य ईश्वरी कामी (सुनार), इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–५ का अध्यक्ष धनराज महर्जन, थाहा नगरपालिका वडा नम्बर–११ का सदस्य सुनिल लामा, बागमती गाउँपालिका वडा नम्बर–५ का सदस्य विष्णु तिमल्सिना, इन्द्र सरोबर–५ का वडा सदस्य कृष्ण जीत लामा, इमान लो, इन्द्रसरोबर गाउँपालिका कार्यपालिका सदस्य दुर्गावती थोकर र मन्जु रुम्बा पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गरिएको छ ।
यस्तै, बिहीबार हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलगायत २५ जना जनप्रतिनिधिले एमाले छाड्दै एकीकृत समाजवादीमा सखानत गरेका थिए । न्युज कारखाना