काठमाडौं । निर्वाचन आयोगले मंगलबारसम्मका लागि दिएको दल रोज्ने समय सकिएको छ । जसमा नेकपा (एमाले) त्यागेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोज्ने स्थानीय जनप्रतिनिधिको संख्या न्यून देखिएको छ ।
एमाले नेता सूर्य थापाले नेकपा (एस) को पक्षमा सनाखत गर्नेको मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षहरूको संख्या अत्यन्तै न्यून रहेको भन्दै नेपालको पार्टीलाई 'माथिमाथि फुकेको, तलतल सुकेको स्थिति' सुकेको टीप्पण गर्नु भएको छ । उहाँले एमालेको मतदाताको तहमा पुग्दा २-४ प्रतिशतभन्दा
बढी क्षति नहुने निश्चितप्राय: भएको दाबी गर्नुभएको छ ।
तर नेकपा (एस) का नेताहरुले भने एमालेका अध्यक्ष केपी ओलीले आफ्ना गुटका धेरे मान्छेलाई टिकट दिएकाले आफूहरुसँग जनप्रतिनिधिको संख्या कम हुनु स्वाभाविकै भएको प्रतिक्रिया जनाएका छन् ।
मंगलबार जिल्ला निर्वाचन कार्यालयमा नेकपा (एस) मा सनाखत गरेका रामेछाप मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जनप्रतिनिधिको संख्या सानो भए पनि थुप्रै चेतनशील युवा कार्यकर्ताहरु नेकपा (एस) मा रहेको दाबी गर्नुभयो । उहाँले विगतको निर्वाचनमा ओली निकटलाई मात्र छानीछानी टिकट दिएका कारण अन्य समूहबाट निर्वाचित हुने जनप्रतिनिधि थोरै रहेकाले नेकपा (एस)मा सनाखत गर्ने पनि सोही अनुपातमा रहेको बताउनुभयो ।
७७ जिल्लाका स्थानीय जनप्रतिनिधि संख्या
प्रदेश १
झापा-७
इलाम-५८
पाँचथर-११
ताप्लेजुङ-२१
माेरङ-८
सुनसरी-६
धनकुटा-८
ते-हथुम-२
उदयपुर-२८
ओखलढुंगा-१
संखुवासभा-१५
खोटाङ-११
सोलुखुम्बु-०
प्रदेश २
सप्तरी-२९
सिरहा-७१
सर्लाही-४८
महोत्तरी-७
धनुषा-४८
बारा-३२
पर्सा- ५
रोतहट-८४
वाग्मती प्रदेश
मकवानपुर-३९
चितवन-२९
काठमाडौं-५१
ललितपुर-२८
भक्तपुर-१
काभ्रे-५६
सिन्धुपाल्चोक-२
दोलखा-६
रामेछाप-५
सिन्धुली-१
धादिङ-७५
नुवाकोट-८
रसुवा-०
गण्डकी प्रदेश
गोरखा-३
लमजुङ-०
मनाङ-०
मुस्ताङ-०
म्याग्दी-३
बाग्लुङ-४
पर्वत-२
स्याङ्जा-७
कास्की-४
तनहुँ-१३
नवलपुर(सुस्तापूर्व)-०
लुम्बिनी प्रदेश
परासी(सुस्तापश्चिम)-१
रूपन्देही-७
कपिलवस्तु-१
दाङ-२१
बाँके-११
बर्दिया-८
पाल्पा-१
गुल्मी-०
अर्घाखाँची-६
प्यूठान-७
रोल्पा-५
रूकुम पूर्व-५
कर्णाली प्रदेश
रूकुम पश्चिम-३
सल्यान-७६
जाजरकोट-१०
सुर्खेत-१५
दैलेख-६२
कालिकोट-६५
जुम्ला-४४
मुगु-२०
डोल्पा-४१
हुम्ला-५
सुदूरपश्चिम प्रदेश
कैलाली-६५
कञ्चनपुर-५१
डोटी-३
अछाम-२७
बझाङ-२५
बाजुरा-५
डडेलधुरा-२
बैतडी-२३
दार्चुला-२