काठमाडौं । त्रिदिवसीय सातौं तामाङ ज्ञान महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा यही भदौ ४, ५ र ६ गते भौतिक उपस्थिति र भर्चुअल दुवै माध्यमबाट बौद्धमा हुने महोत्सवको तयारी पूरा भएको महोत्सव संयोजक निष्णु थिङले जानकारी दिनुभयो । महोत्सवमा १६ वटा कार्यपत्रहरू प्रस्तुत हुनेछ ।
६ जना तामाङ समाजका ज्येष्ठ नागरिकहरूका स्मृति वाचन सत्र र तीनवटा विषयहरूमा प्यानल डिस्कसन पनि हुनेछ । कार्यपत्रहरूमा ‘सरकारी कामकाजमा तामाङ भाषा’ र ‘तामाङ लोकसाहित्य: एउटा विमर्श’ र ‘तामाङ मुक्ति आन्दोलनको अबको बाटो,’ तामाङ सीमान्तकरण , भाषा र मातृभाषामा शिक्षा, खगोलशास्त्र, सरकारी सेवा र संस्कृति, प्रविधिका क्षेत्रहरू समेटिएका छन् ।
तामाङ जातिले प्रत्येक वर्षको भदौको ६ गतेलाई आफ्नो पहिचान दिवसको रुपमा मनाउँदै आएको छ । यस वर्ष ९० औं पहिचान दिवस हो । तामाङ पुर्खाहरू जङ्गवीर तामाङ नेतृत्वको टोलीले तत्कालीन राणा प्रधानमन्त्री भीमशमशेर समक्ष आफूहरूलाई ‘तामाङ’ भनियोस् भनी मागपत्र राखेकोमा उक्त माग स्वीकार गरी प्रधानमन्त्री राणाले वि.स. १९८९ भदौ ६ गतेका दिन नेपाल सरहदभित्र विभिन्न नामले बोलाइने जातिलाई ‘तामाङ’ लेख्न–लेखाउन सनदपत्र जारी भएकोले सोही दिनलाई पहिचान दिवस मानिएको हो ।
त्यही पहिचान दिवसको उपलक्ष्यमा निष्णु थिङ संयोजकमा सातौं तामाङ ज्ञान महोत्सव आयोजक समिति–२०७९, नेपालका तामाङ न्हाङखोर , तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालय गरी तीनवटा संस्थाहरूको संयुक्त आयोजनामा ज्ञान महोत्सवको आयोजना गरिएको छ ।
यी हुन् महोत्सवमा प्रस्तुत हुने कार्यपत्रहरू
१. कुमारी लामा, उपप्राध्यापक त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा तामाङको पेन्टिङमा अनुहारविहीनहरुका अनुहार: पहिचानको दावी
२. राजु स्याङतान, नयाँ पत्रिका तामाङ जातिको मधेस बसाइँ : सीमान्तदेखि सीमान्तसम्म
३. सन्जीला मोक्तान, मार्टिन चौतारी : संरचनागत बहिष्करण, तामाङ र मृगौला बेचविखन : ‘ हिमला’ गाउँको कथा
४. अमन मोक्तान, दार्जिलिङ : एउटा सैद्धान्तिक खगोलशास्त्रीय अध्ययन
५. प्रताप बल, दार्जिलिङ भारतमा तामाङ भाषा र भारतमा तामाङ गुम्बाहरु
६. डा. लोक बहादुर लोप्चन, प्रमुख प्रशासकीय अधिकृत : मन्डनदेउपुरमा प्रअहरुका विद्यालयमा शिक्षण माध्यमको दृष्टिकोण
७. डा. बलकृष्ण बल, काठमाण्डौ विश्वविद्यालय सूचना प्रविधि विभाग प्रमुख
८. साङमो योन्जन, एमफिल जातीय विभेदको तामाङहरुका जीवन भोगाई
९. टेकराज स्याङतान , अध्यक्ष तामाङ कर्मचारी सञ्जाल : सरकारी सेवामा तामाङ जातिको वर्तमान चित्र
१०. पेमा मोक्तान, संस्थापक सदस्य तामाङ राष्ट्रिय पुस्तकालय
११. धनम तामाङ, तामाङ साहित्यकार : दीसाङ थामा ज्युङमा
१२. कुमार यात्रु, पत्रकार
१३. सुदास तामाङ, प्राध्यापक उत्तर बगांल विश्वविद्यालय, सिलिगढी
१४. निरा लोप्चन, प्रमुख सल्लाहकार तामाङ संस्कृति तथा विकास बोर्ड, पश्चिम बगांल सरकार : तामाङ संस्कृति तथा विकास बोडको परिचय र गतिविधिहरु
१५. धन बहादुर तामाङ, पूर्व सचिव नेपाल सरकार राष्ट्रिय परिदृश्यमा तामाङ भाषा: ज्ञान, इतिहास, संस्कृति र समाज विकासको संवाहक र विशेषता
१६. प्रताप बल, दार्जिलिङ भारतमा तामाङ भाषा