बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टी वैकल्पिक शक्तिका रूपमा आएको बताउनु भएको छ । राप्रपा नेपाल बर्दिया द्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रम अध्यक्ष थापाले यस्तो बताउनुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष थापाले दुरावस्थाबाट मुलुकलाई मुक्त गर्नको निमित्त जनताले अबको चुनावमा ठूलो निर्णय गर्नुपर्ने उहाँको भनाई छ ।
बेथिति, विकृति र अन्यायबारे चिन्ता गरेर मात्र गरेर हुन्न, साहसिक निर्णय गर्नुपर्ने हुन्छ, अबको निर्वाचनमा जनताले स्वाधीनता, सुशासन, हिन्दुत्व र समृद्धिको पक्षमा आफूलाई उभ्याउनु पर्ने बताउनुभयो ।
दलहरूको असक्षमता, अदूरदर्शिता र अकर्मण्यताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रुपमा उभ्याउन सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रियताको संरक्षण , प्रजातन्त्रको सुदृढीकरण ,आर्थिक विकास,समृद्धिको अहिलेको प्रमुख आवश्यकता भएको भन्नुहुँदै थापाले विदेशीको इसारामा चल्नेहरूबाट मुकुल र जनताको हित नहुने ठोकुवा गर्नुभयो र
वृहत जिल्ला भेला कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी पाँच सय बढी कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेको बताउनु भएको छ।